१२ असार २०८३, शुक्रबार
,
Latest
गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छः प्रधानन्यायाधीश शर्मा रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु नेपाली समाजमा भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्ति छः खिलराज रेग्मी रास्वपा पदाधिकारीमा को को भए निर्वाचित ? कसलाई कति मत ? मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबारे ट्रम्प र सीबीच टेलिफोन वार्ता



अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच टेलीफोन वार्ता गरेका छन् । राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको महामारीबारे शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङसंग टेलिफोन वार्ता गरेको जानकारी दिएका छन् ।

‘चीनले यस महामारीबारे धेरै भोगेको छ र यस भाइरसबारे धेरै जानकारी प्राप्त गरेको छ,’ ट्वीटरमा लेख्दै ट्रम्पले भनेका छन्, ‘हामी निकै नजिक रहेर काम गरिरहेका छौँ ।’

चीनको राष्ट्रिय टेलिभिजनले पनि दुई राष्ट्र प्रमुखबीच टेलिफोन वार्ता भएको जनाए पनि छलफलको बारेमा विस्तृत जानकारी दिएको छैन ।

यतिबेला अमेरिकामा कोरोनाभाइरसको महामहामारीबाट २४ हजारबढीले ज्यान गुमाइसकेका छन् ।