१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो त न तपाईँको हातमा थियो, न हाम्रो हातमा थियो कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच तारे होटल हायात रिजेन्सी अनिश्चितकालका लागि बन्द



अ+ अ-

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा होटल परिसरमा तोडफोड भएपछि हायात रिजेन्सी होटल बन्द भएको छ । होटलले जेन–जी आन्दोलनका क्रममा होटलमा तोडफोड भएको र अराजक गतिविधि भएपछि आफ्नो सेवा अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको हो ।

हायात रिजेन्सी होटलका मानव संसाधन निर्देशक मोहम्मद यूसुफ यामिनले विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा भएको क्षति र सुरक्षाजन्य संवेदनशीलताका कारण होटल तत्काल सञ्चालन गर्न नसकिने जानकारी दिएका हुन् ।

होटल व्यवस्थापनका अनुसार मर्मत तथा पुनर्निर्माणको काम सकिएपछि मात्र पुन: सञ्चालनबारे निर्णय हुनेछ । सुरक्षा कारणले सम्पूर्ण श्रमिकलाई पनि अर्को सूचना नआएसम्म होटल परिसरमा उपस्थित नहुन आग्रह गरिएको छ ।

हायात रेजेन्सीले जारी गरेको सूचना अनुसार तोडफोड र अराजक क्रियाकलापका कारण होटलका व्यवसायिक गतिविधि पूर्ण रूपमा प्रभावित भएका छन् ।