१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

कोरोनाको कहर : ह्वात्तै बढ्यो तरकारी र फलफूलको मूल्य

कोरोनाको कहर : ह्वात्तै बढ्यो तरकारी र फलफूलको मूल्य
अ अ+ अ-

काठमाडौं । गत सातासम्म प्रतिकिलो रु ५० पर्ने गोलभेँडाको अहिले बजार मूल्य रु १५० छ । एउटा कागतीको बजार मूल्य रु पाँच रहेकामा अहिले त्यसको तेब्बर अर्थात रु १५ पुगेको छ । यो अवधिमा सागको मूल्य प्रतिमुठा रु पाँचबाट बढेर रु १५ पुगेको छ । तरकारीसँगै काठमाडौँ उपत्यकामा फलफूलको पनि मूल्य ह्वात्तै बढेको पाइन्छ । स्याउको मूल्य गत सातासम्म १५० रहेकोमा अहिले त्यो रु ३०० पुगेको छ भने केराको मूल्य रु १०० बाट बढेर रु २०० पुगेको छ ।

सरकारले गरेको ‘लकडाउन’ को चौथो दिनसम्म आइपुग्दा बजार केही खुल्न थाले पनि तरकारी, फलफूललगायका आवश्यक खाद्य सामग्रीको मूल्य ह्वात्तै बढेको छ । ‘कोभिड–१९’ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले सकेसम्म घर बाहिर ननिस्कन र आवश्यक सामग्री किन्नु परे नजिकैका पसलमा खरिद गर्न आमनागरिकलाई भनिरहेको छ । तर नजिकको पसल अझै नखुलेकाले केही टाढासम्म पुग्नुपरेको कोटेश्वरकी नम्रता शर्माले बताइन्।

सरकारले स्टक नराख्न भने पनि उनले खाद्यान्न केही महिनालाई पुग्ने राखेकी थिइन् । तरकारी, फलफूल र दूध किन्न दैनिकजसो बाहिर निस्कनु परेको उनले बताइन् । थोरै पसल मात्रै खुलेकाले पनि पसलले चर्को मूल्य लिएको उनको भनाइ छ । उनले भने, ‘कुनै कुनै पसल मात्रै खुलेका छन् जति भन्छन् त्यति तिनु हाम्रो बाध्यता हो ।’

काठमाडौँ उपत्यकाका आसपासका क्षेत्रले शहरी क्षेत्रमा तरकारी र दूधको आपूर्ति गर्दै आएकामा यातायातका साधन नहुँदा त्यस क्षेत्रबाट ती सामग्री आउन सकेका छैन । खाद्य वस्तु बजारसम्म पु¥याउन नपाउँदा दूध र तरकारी त्यसै खेर गइरहेको उनीहरुको गुनासो छ । बजारमा अहिले पनि कतिपयले सङ्कटलाई कमाउने अवसरका रुपमा लिन थालेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका माधव तिमिल्सनाले बताए ।

बजारमा अहिले कृत्रिम अभाव सिर्जना गर्ने, सामान मूल्यभन्दा बढीमा बिक्री गर्ने त कतिले अवधि सकिन लागेको खाद्यसामग्रीको बिक्री गरिरहेको पाइन्छ । तरकारी र फलफूल ‘लकडाउन’ पहिलेभन्दा अहिले दोब्बरदेखि तेब्बर मूल्यमा बिक्री हुँदासमेत अनुगमन हुन नसकेको उनले बताए । उनले भने, ‘जनता घरभित्रै थुनिएकाले राज्यले आफ्नो उपस्थिति बढाएर सबैलाई राहत दिनुपर्छ ।’

धेरै ठाउँमा आफ्नो घर नजिकका पसल नखुलेकाले उपभोक्ता टाढाटाढासम्म जान बाध्य भइरहेको घिमिरेले बताए । घर र पसल नजिकै भएका पसलेले सरकारले तोकेको समयमा खोले पनि टाढाबाट आउनुपर्नेले सवारी साधन नहुँदा खोलेका छैनन् । काँठ क्षेत्रबाट मोटरसाइकलमै राखेर दूध, तरकारीलगायत ढुवानी हुने गरेकामा ‘लकडाउन’ का कारण त्यो ठप्प छ । शहरी क्षेत्रमा बसोबास गर्ने विद्यार्थी, मजदुर, चालक, सहचालकलगायत दैनिक ज्यालादारी गर्नेहरु मारमा परिरहेको उनले बताए ।

सरकारले गरिब परिचयपत्र वा रासनकार्डको अहिलेसम्म व्यवस्था नगर्दा लक्षित वर्गमा चाहँदा पनि सहुलियत दिन कठिन हुने उनको भनाइ छ । बजारमा अहिले सबैभन्दा अभाव ग्यासको रहेको छ । उनले भने, ‘सरकारले महिनौँसम्म पुग्ने ग्यास छ भनेकाले कतिपयले हतारिएर किनेनन् तर अहिले समस्या परिरहेको छ ।’

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक दीपक पोखरेलले सरकारले ‘लकडाउन’ घोषणा गर्नुभन्दा केही दिन पहिलेबाट तरकारी र फलफूलको मूल्य बढ्न थालेको बताए । बजारमा तरकारी तथा फलफूलको आयात नै कम भएको उनले बताए । देशभित्रै पनि उपत्यका र उपत्यका बाहिरबाट खाद्यान्न ल्याउनका लागि यातायातको असुविधा रहेको उनले बताए । आफूले कालीमाटी तरकारी तथा फलफूल बिक्री केन्द्रमा सम्पर्क गर्दा त्यहाँ दैनिक तरकारी र फलफूलको आयात कम रहेको जानकारी पाएको उनले जानकारी दिए । उनले भने, ‘बाहिरबाट मात्रै होइन नजिकका स्थानबाट पनि यी खाद्यान्न ल्याउन सवारी साधनको समस्या देखिएको छ ।’

विभागले सङ्कटका समयमा आमउपभोक्तालाई पर्न सक्ने समस्या तत्काल सुन्न र सम्बोधन गर्न टोल फ्री नम्बर ११३७ शुरु गरेको छ । यो टेलिफोनमा सबैभन्दा बढी ग्यास, माक्स र सेनिटाइजर नपाएको भनी गुनासो आएका छन् । त्यससँगै तरकारी, फलफूलको अभाव र मूल्यसम्बन्धी गुनासो पनि आउन थालेको उनले बताए ।