५ श्रावण २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री र मन्त्रीहरू पार्टी नेतृत्वप्रति जवाफदेही हुनुपर्छः अर्थमन्त्री वाग्ले अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो नेत्रज्योति संघले बढायो स्वास्थ्य पर्यटनको सम्भावना व्यवसायमैत्री नियमावली बनाउन बिर्तामोड उद्योग वाणिज्य संघको आग्रह हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आईसीसी क्रिकेट विश्वकप लिग २ : त्रिदेशीय शृंखलामा नामिबियासँग भिड्दै नेपाल अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपकको प्रष्टिकरण: तोडफोड र आगजनीमा मेरो सहभागिता छैन



अ+ अ-

काठमाडौं । भदौ २४ गतेको आगजनी र तोडफोडमा सग्लन भएको आरोप लागेपछि चलचित्रकर्मी दीपकराज गिरीले सामाजिक संञ्जाल मार्फत प्रष्टिकरण दिएका छन् ।

गिरीले सामाजिक संञ्जालमा एक स्टाटस राख्दै तोडफोड र आगजनीमा आफ्नो सहभागिता नरहेको जनाएका हुन् । उनले आन्दोलबारे आयोजिक छलफलमा भने सहभागीता जनाएको बताएका छन् ।

गिरीले सामाजिक संञ्जालमा लेखेका छन् ।

सकेसम नबोलौ भन्ने नै थियो तर धेरैले यो फोटो पठाएर सोध्नु भो

दीपकजी ,के यो तपाइ नै हो?

अब जिम्मवार नागरिकको हिसाबले त बोल्नै पर्यो !

पहिलो कुरा त के सत्य हो भने ,नेपालका हरेक परिवर्तन सम्बन्धि आन्दोलन लाइ समर्थन गरे झै यस्लाइ पनि समर्थन गरेकै हो।

यदि त्यो अपराध हो भने अपराध त भयो नै….

अब मुख्य कुरामा जांउ , त्यो दिन गणेश कार्कि भाइले फोन गरेर सर्बपक्षिय सानो भेला छ बानेश्वरमा , कलाकारको रूपमा तपाइहरू पनि आउनुस भन्नु भो , त्यसपछि म घर बाट हिडे ,त्यतिबेला बाहिर सामान्य तोडफोड सुरू भैसकेको थियो , मेरो घर बाट बानेश्वर जाने बाटोमा पर्दो रहेछ त्यो घर ,कस्को घर हो त्यो पनि थाहा थिएन, त्यहां केहि रमिते केटाहरूले त्यो तोडफोड भैसकेको घर हेरिरहेका थिए , मलाइ हात हल्लाए फोटो पनि खिचि नै रहेकै थिए , भएको त्यति नै थियो अहिले त्यो बाटोमा हिडिरहेको त्यो फोटो हालेर आफ्नै शैलीको राम्रो कथा बुनेछन् ……

दोस्रो फोटो …..त्यसपछि छलफलमा गइयो ब्यापक तोडफोड रआगजनी सुरू भो त्यसपछि हाम्ले तोडफोड नगरौ भन्ने एउटा भिडियो पनि बनायौ , त्यसपछि घर आंएर निरन्तर तोडफोड नगरौ , राष्ट्रको सम्पत्ति जोगाऔ भन्ने स्ट्याटस हालिरहे , त्यो स्ट्याटसहरू सांक्षिको रूपमा छंदैछन …….बास्तवमा त्यो आन्दोलन एउटा छुट्टै पाटो थियो र आगजनी र बिध्वंस चाहि अर्को पाटो , त्यो दोस्रो पाटोमा चाहि दलहरूकै मान्छे लगायत अनेकौ स्वार्थ समूह छिरेको त प्रमाणित नै भैसक्यो !

मेरो सवालमा चाहि , म कुनै समूहमा आबद्द नभएको कलाकार

देशमा भएको त्यो तोडफोड र आगजनीमा मेरो सहभागिता छै

यदि प्रमाणित हुन्छ भने हदै सम्मको कारबाहिको लागि तैयार छू !

जय नेपाल!!