२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कोरोना संक्रमित चौथो व्यक्ति भेटिए



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना संक्रमित चौथो व्यक्ति भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार चौथो संक्रमित व्यक्ति प्रादेशिक अस्पताल धनगढीमा उपचाररत छन् ।

प्रवक्ता देवकोटाले सक्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए ।

यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने एक जना सञ्चो भएर घर गइसकेका छन् ।