१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह

भाइटीकामा तनहुँमा आठ दुर्घटनाः २५ जना घाइते

भाइटीकामा तनहुँमा आठ दुर्घटनाः २५ जना घाइते
अ अ+ अ-

दमौली । तनहुँमा भएका छुट्टाछुट्टै दुर्घटनामा २५ जना घाइते भएका छन् । भाइटीकाका दिन जिल्लाका विभिन्न ठाउँमा राति र दिउँसो भएका आठ दुर्घटनामा २५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा भएको बस दुर्घटनामा १२ जना घाइते भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । थर्पुबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ९३०१ नम्बरको बस दुर्घटना भएको थियो ।

घाइते हुनेमा पोखरा महानगरपालिका–३२ बस्ने ४० वर्षीय रमेश आचार्य, तनहुँको म्याग्दे गाउँपालिका–१ बस्ने ६७ वर्षीय रनबहादुर थापा, सोही ठाउँ बस्ने मोतीबहादुर थापा, ९० वर्षीय पशुपतिनाथ घिमिरे, २२ वर्षीया अस्मिता शाही, ६९ वर्षीय पदमबहादुर दर्लामी, ऋषिङ गाउँपालिका–२ बस्ने ५० वर्षीय नरबहादुर माकिम, घिरिङ गाउँपालिका–३ बस्ने ५२ वर्षीय ऋषिराम थापा, १५ वर्षीया कञ्चन थापा, ४६ वर्षीय देउबहादुर थापा, २७ वर्षीया सुमित्रा थापा, चितवनको भरतपुर महानगरपालिका–१ बस्ने ५० वर्षीय सूर्यकला आचार्य रहेका छन् ।

घाइते सबैको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् । डुम्रेबाट दमौली आउँदै गरेको ग ५ प ७९०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा आँबुखैरेनी गाउँपालिका–४ बस्ने ३३ वर्षीय आशिष गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा प्र ०२–०५७ प २६९२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ग ९ प ७९१८ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा बा प्र ०२–०५७ प २६९२ नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोक बारबिसे गाउँपालिका–६ बस्ने २८ वर्षीय सुनिल श्रेष्ठ र सवार २८ वर्षीय कमल श्रेष्ठ घाइते भएका छन् । उहाँको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।

यस्तै, आँबुखैरेनी गाउँपालिका–१ बरादीमा डुम्रेबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग २१ प ३०७६ नम्बरको स्कुटर सडक छेउको पोलमा ठक्कर खाई दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा स्कुटर चालक गोरखा नगरपालिका–४ बस्ने २६ वर्षीय राजकुमार दरै र ६० वर्षीया सुकमाया दरै रहेका छन् ।

शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा पोखराबाट दमौली आउँदै गरेको ग २ च ७९७१ नम्बरको कारको ठक्करबाट दुई जना पैदलयात्री घाइते भएका छन् । घाइते हुनेमा शुक्लागण्डकी नगरपालिका–३ कवासे बस्ने ३० वर्षीय अप्सरा श्रेष्ठ र ११ वर्षीय समिर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

आँबुखैरेनी गाउँपालिका–१ एक्लेफाँटमा डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा प्र ०२–०५८ प।२९१८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३५ वर्षीय प्रेम परियार घाइते भएको प्रहरीले जनाएको छ ।

यसैगरी भीमाद नगरपालिका–५ ऋषिङपाटनस्थित भीमादबाट ऋषिङपाटन जाने भित्री सडकखण्डमा भीमादबाट ऋषिङ पाटनतर्फ जाँदै गरेको ग ८ प १७० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २५ वर्षीय अमृत परियार घाइते भएको प्रहरीले जनाएको छ ।

बन्दीपुर गाउँपालिका–१ पिप्लेमा म.प्र.०३–०४०प १६४१ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटर चालक सोही ठाउँ बस्ने ३४ वर्षीय सुरेशकुमार राई र ३० वर्षीया सोनाम थापा घाइते भएको प्रहरीले जनाएको छ ।