२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्र मन्त्री श्रेष्ठ आइतबार चीन जाँदै, यस्तो छ कार्यक्रमको तालिका चिया, दुग्ध र सुपारी किसानका समस्या समाधान गर्न सरकारसँग सचेतक राईको माग सरकारको ३० हजार मेगावाट लक्ष्य सफल बनाउन नीतिगत सुधार आवश्यक छ : सांसद पराजुली अर्थमन्त्रीले राजस्व हिनामिना गर्नुभयो, तत्काल संसदीय समिति गठन गरी छानविन गरियोस्ः गुरुप्रसाद बराल खेतीको समयमा मल अभाव भएको भन्दै सांसद राईद्वारा सरकारको ध्यानाकर्षण खेतीको मुख्य याममा ट्रान्सफर्मर चोरीले सिरहाका किसान चिन्तित बढ्दो साइबर ठगी नियन्त्रण र साइबर ब्युरोलाई सशक्त बनाउन सांसद न्यौपानेको माग ऊर्जा क्षेत्रमा ‘लाइसेन्स राज’ अन्त्य गर्ने सरकारको घोषणा, निर्माण नगर्ने प्रवृत्तिमा कठोर हुने चेतावनी सुस्तामा भारतीय सीमा सुरक्षा बलले नेपालीलाई हप्कीदप्की गरे, यस सम्बन्धमा रक्षामन्त्रीको जवाफ चाहियोः हर्कराज राई अर्थमन्त्रीले धम्की दिएको अभिव्यक्तिले लेखा समितिमा हंगामाः सत्तापक्ष र प्रतिपक्षबीच के भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगानीको अभावमा मलेरियाविरूद्धको अभियान प्रभावित



अ+ अ-

जोहानेसबर्ग। दुई दशकसम्मको प्रगतिका बाबजुद् मलेरिया विरुद्धको लडाइँ रोकिएको अभियानकर्ताहरूले बताएका छन्।

जलवायु परिवर्तन र जनसङ्ख्या वृद्धि र अन्य सम्भावित घातक रोगको पुनरुत्थान रोक्ने अभियानमा ध्यान केन्द्रित हुँदा दुई दशकको प्रगतिपछि मलेरिया विरुद्धको लडाइँ प्रभावित बनेको अभियानकर्ताहरूले मङ्गलबार बताएका छन्।

लामखुट्टेबाट सर्ने रोग मेलेरियाविरुद्ध अपर्याप्त रकमका कारण लाखौंको ज्यान र अर्बौं डलर खर्च भएको अभियान अवरुद्ध भएको उनीहरूले बताएका छन्।

अफ्रिकन लिडर्स मलेरिया एलायन्स (एएलएमए) र मलेरिया नो मोर यूकेले एक नयाँ प्रतिवेदनमा भनेका छन्, “यो प्रभाव अफ्रिकामा सबैभन्दा गहिरो रूपमा महसुस गरिनेछ । सन् २०२३ मा विश्वव्यापी रूपमा पाँच लाख ९० हजार व्यक्तिको मृत्यु मलेरियाका कारण भएको थियो तर यस रोगको ९५ प्रतिशत प्रभाव अफ्रिकामा रहेको थियो।

धेरै अफ्रिकी देशहरूले भारी वर्षापछि सन् २०२५ जनवरीदेखि जुनको बीचमा सङ्क्रमणको वृद्धि भएको रिपोर्ट गरेका छन् ।

विगत दुई दशकमा औलोको मृत्युदर आधा घटेको दक्षिण अफ्रिकामा नोभेम्बर २१ को बैठकअघि जारी गरिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा क्षयरोग र मलेरियासँग लड्न विश्वव्यापी कोषमा योगदान सुरक्षित जारी गर्न आह्वान गरिएको छ जसले मलेरियाको खर्चको ५९ प्रतिशत समेट्छ।

“अपर्याप्त कोषले मलेरियाविरूद्धको लडाईँमा प्रगति रोकेको छ,“ उहाँले भन्नुभन्यो। “जलवायु परिवर्तन, बढ्दो औषधि र कीटनाशक प्रतिरोध, व्यापार अवरोध, र विश्वव्यापी असुरक्षाको एक उत्तम आँधीले मलेरिया हस्तक्षेपको प्रभावकारितालाई अझ कमजोर पार्छ।

संयुक्त राष्ट्रसङ्घको विश्व मलेरिया रिपोर्ट २०२४ का अनुसार सन् २०२३ मा विश्वव्यापी रूपमा औलोका लगभग २६३ लाख सङ्क्रमित विरामी भेटिएका थिए यो अघिल्लो वर्षको तुलनामा एक करोड १० लाखभन्दा बढीले सङ्क्रमितहरूको वृद्धि हो।

फैलिँदो समस्या

अल्माका कार्यकारी सचिव जोय फुमाफीले एएफपीसँग भन्नुभयो, “जलवायु परिवर्तनका कारण बढ्दो तापक्रम र बाढीले लामखुट्टेको प्रजनन स्थलको सङ्ख्या बढेको छ ।

“उदाहरणका लागि, रुवान्डामा यी साइटहरू अहिले पहिलेको भन्दा बढी उचाइमा अवस्थित छन्,” उहाँले एक अन्तर्वार्तामा भन्नुभयो।

एसियाबाट मलेरिया बोक्ने ‘एनोफिलिस स्टेफेन्सी’ लामखुट्टे अफ्रिकामा फैलिएको छ भने कीटनाशक प्रतिरोध बढेको उहाँले बताउनुभयो ।

लामखुट्टेको लार्भा मार्ने रसायनहरू छर्न ड्रोनको प्रयोग र मच्छरदानीजस्ता नयाँ पुस्ताका दोहोरो कीटनाशक रोकथाम विधिहरू प्रभावकारी भए पनि महँगो पनि रहेको उहाँले बताउनुभयो।

त्यस्तै, विगत ३० वर्षमा अफ्रिकाको जनसंख्या झन्डै दोब्बर भइसकेको छ । “यो अधिक महँगो छ, तर हामीले पहिलेको भन्दा ठूलो जनसङ्ख्यालाई पनि समेट्नुुपर्नेछ,“ फुमाफीले भन्नुभयो ।

बच्चाहरूमा सिक्ने र संज्ञानात्मक अवरोध पनि निम्त्याउने मलेरिया नाइजेरियामा सबैभन्दा बढी प्रचलित समस्या मलेरिया कामदार र विद्यार्थीको अनुपस्थितिको एक प्रमुख कारण हो ।

फुमाफीका अनुसार जीवन बचाउनुका साथै रोगबाट मुक्त गर्ने देशहरूले उत्पादकत्व र पर्यटनलाई बढावा दिनेलगायत अर्थतन्त्रमा ठूलो प्रतिफल दिनेछ ।
उहाँले भन्नुभयो, “कम विकशित राष्ट्रमा मलेरिया गरिबीको प्रमुख कारण बनेको छ किनकि घरपरिवारका लागि यसले ठूलो मात्रामा पैसा खर्च गर्ने अवस्थालाई निम्त्याउँछ।

“जब मलेरियाविरूद्धको उपचार सुरक्षित हुन्छ तिनीहरूको क्रय शक्ति बढ्छ।” अफ्रिकाका २३ देशमा प्रयोगमा रहेको मलेरिया विरुद्धको खोप करिब ४० प्रतिशत प्रभावकारी थियो र यसका साथै अन्य रोकथामका उपायहरू पनि अपनाउनुपर्ने थियो। मानव परीक्षणमा भइरहेको नयाँ खोपले ८० प्रतिशत प्रभावकारिता देखाउने आशा गरिएको छ।

कोषमा योगदान भएको अवस्थाले के देखाएको छ भने मोडेलले देखाएको छसबै रोकथाम हस्तक्षेपहरू रोक्दा सन् २०३० सम्ममा अफ्रिकाको कुल गार्हस्थ्य उत्पादनमा ८३ अर्ब डलर घाटा हुन सक्छ साथै ५२ करोड ५० लाख थप सङ्क्रमितहरू र नौ लाख ९० हजार थप मृत्यु हुन सक्छ। (रासस/एएफपी)