२० भाद्र २०८३, शनिबार
,
Latest
चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

“खेल यस्तो हो जहाँ पसिना नै गहना बन्छ ”



अ+ अ-

काठमाडौं । “खेल यस्तो हो जहाँ पसिना नै गहना बन्छ यहाँ, जित हार त भाग्यको कुरा, मनले जित्यो भने खेल सधैं हाम्रो हुन्छ ।” यो पंक्ति केवल शब्द होइन, नेपाली खेलाडीहरूको आत्मबल, परिश्रम र समर्पणको सजीव प्रतिनिधित्व हो ।

नेपाली गीत–संगीतमा खेलसँग सम्बन्धित गीतहरू सामान्यतया कम बनाइन्छन् । तर यसै क्रममा, हालै खेल सम्बन्धि ‘हामी छौं खेलको मैदानमा’ गीत सार्वजनिक भएको छ ।

मूलत: यो गीत ‘हामी छौं वर्ल्ड कपमा’ शीर्षकमा एक वर्ष अघि जब नेपाली क्रिकेट टोलीले पहिलोपटक वल्र्ड कप खेल्ने अवसर पाएको थियो त्यो बेला सार्वजनिक गरिएको गीतको परिमार्जित र विस्तारित संस्करण हो । उक्त गीत खेलाडीहरूको मनोबल, आत्मविश्वास र खेलमा लगाएको मेहनतको सम्मान स्वरूप तयार गरिएको गीत थियो ।

अहिले यो गीतको परिमार्जित र विस्तारित संस्करण पुन: प्रस्तुत गरिएको छ । जसमा यो गीत केवल एक खेलका खेलाडीका लागि मात्र नभई, हरेक खेलका खेलाडीको मेहनत, पसिना र भाग्यको संग्रामलाई सम्मान गर्ने दृष्टिकोणले तयार गरिएको छ ।

गीतको संस्करण Vysion Official YouTube Channel मा हेर्न र सुन्न सकिन्छ ।