२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेडिकल सामान लिन चीन उड्यो जहाज, आजै राती नेपाल आइपुग्ने



अ+ अ-

काठमाडौं । नेपाल वायु सेवा निगमको जहाज चीन उडेको छ। कोरोना भाइरसको परीक्षण र उपचारमा चाहिने मेडिकल सामग्री ल्याउन नेपाल एयरलाईन्सको RA4171 जहाज चीन उडेको हो ।

शनिबार दिउँसो साढे १२ बजे जहाज ग्वान्जाओ उडेको निगमका अपरेसन डाइरेक्टर दीपु जोहार्चनले जानकारी दिए। जहाजमा चालक दलका सदस्य र प्राविधिकसहित १० जनाको टोली गएको छ।

ग्वान्जाओमा नेपालले किनेर राखेका सामान बोकेर जहाज आजै राती १ बजे काठमाडौं विमानस्थलमा आइपुग्ने छ।