१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

धमिलो पानीमा जाल थाप्नेहरु सक्रिय भए– मन्त्री भट्टराई

धमिलो पानीमा जाल थाप्नेहरु सक्रिय भए– मन्त्री भट्टराई
अ अ+ अ-

काठमाडौं । सस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले कहिले को माथि त कहिले को माथि आक्रमण गर्ने गिरोहले अहिले स्वास्थ्य मन्त्री भानुभक्त ढकाल माथि आक्रमण शुरु गरेको भन्दै प्रतिबादमा उत्रनु भएको छ । फेसबुकमा लामो स्टाटस लेख्दै मन्त्री भट्टराईले उनीहरुको नियत र स्वार्थ सबैले बुझ्नु पर्ने उल्लेख गर्दे सबै तोकिएका जिम्मेवारी पुरा गर्दै स्वास्थ्य मन्त्रीको अगुवाईमा स्वास्थ्य मन्त्रालयले अघि सरेका नीति तथा कार्ययोजना सफल पार्न प्रतिबद्ध रहेको स्पष्ट पानर्नुभएको छ ।

मन्त्री भट्टराईले विश्वकै लागि अस्वभाबिक र अप्रत्यासित रहेको यस बिषम अबस्थामा धमिलो पानीमा जाल थाप्नेहरु सक्रिय भएको टिप्पणी गर्नुभएको छ । स्वास्थ्य क्षेत्र अत्यन्तै बलियो भएका र सबै हिसाबले सम्पन्न राष्ट्रलाई समेत हम्मे हम्मे परिरहेको अबस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत कर्मचारी र निजी क्षेत्रबाट आफुलाई जोखिममा राखेर पनि अहोरात्र खटीरहनु भएको स्मरण गर्दे यस बिषयमा क्रियाशिल रहनु भएका सबैको हौसलाका लागि सरकारले बिभिन्न प्याकेज घोषणा गरेको उल्लेख गर्नुभएको छ ।

मन्त्री भट्टराईले धमिलो पानीमा जाल थाप्नेहरु उनीहरुलाई भड्काउन कोशिस गरिरहेको उल्लेख गर्दै सबै होसियार हुनु पर्ने र आफ्नो जिम्मेवारी छोड्नु नहुने उल्लेख गर्नुभएको छ ।

एउटा बिकाशोन्मुख र सार्वजनिक तथा निजी क्षेत्रको क्षमता सानो आकार र दायरामा रहेको हाम्रो जस्तो मुलुकका लागि झनै गम्भीर अवस्था रहेको भन्दै उहाले प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशनमा उपप्रधान मन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा रहेको उच्च स्तरीय समितिले राज्यका तिनै तह, सरकारी तथा गैर सरकारी र निजी क्षेत्र अनी अन्तरास्ट्रिय समुदायसँग समेत समन्वयमा हरसम्भब उपायकासाथ काम गरिरहेको स्पष्ट पार्नुभएको छ ।

उहाले परिस्थिती अत्यन्तै जटील रहेको र ईमर्जेशी शैलीमा काम गर्नु परेकाले केही गल्तीर कमजोरी हुनसक्ने भएपनि त्यसलाई आत्मासात गर्दै सच्याउदै अघि बढ्न सबै प्रतिबद्ध रहेको जनाउनु भएको छ । उहाले हाम्रो ईतिहास, हाम्रो राजनीति र जनादेशले हामीलाई भागेर होईन बरु सामना गरेर अघि बढ्न र सफल हुन सिकाएको भन्र्दै सरकार ठिक बाटोमा रहेको जनाउनु भएको छ ।

यस्तो अवस्थामा स्वार्थी राजनीतिका घिनौला सुंड यत्र तत्र घुसार्ने कोशिस गरेको प्रति रोष ब्यक्त गर्दे त्यसलाई कामबाटै जवाफ दिइने दाबी गर्नुभएको छ । जसलाई जनस्तरबाटै भण्डाफोर हुने मन्त्री भट्टराईको अपेक्षा छ । उपकरण तथा औषधीको आपुर्ती र बितरणमा स्वास्थ्य मन्त्रीको अगुवाईमा सरकारी तथा निजी क्षेत्रका सबै निकायहरुले गम्भीरतापुर्बक काम गरिरहेको अवस्था भन्दै अब यसमा छिट्टै सहजता आउने जनाउनु भएको छ ।

मन्त्री भट्टराईले आज सिगो राष्ट्र र मानवजाति सभ्यताको रक्षाका लागि एक छ र एक रहने छ भन्दै मन्त्री भट्टराईले सबैलाई एकढिक्का भएर सहयाग गर्नु आग्रह गर्नुभएको छ ।