१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

कोरोना संक्रमित युवाको गुनासो– डाक्टर नर्स फर्केरै आउँदैनन्, खाना बाहिरै राखिदिन्छन्

कोरोना संक्रमित युवाको गुनासो– डाक्टर नर्स फर्केरै आउँदैनन्, खाना बाहिरै राखिदिन्छन्
अ अ+ अ-


काठमााडौँ । कोरोनाको संक्रमण भएका भनी धनगढीको एक अस्पतालमा राखिएका युवाले भनेका आफूलाई हेर्न चिकित्सक तथा नर्स कोही पनि फर्केर नआएको गुनासो गरेका छन् । उनको परिचय नखुलाई एभिन्युज टिभीले आज गरेको अन्तर्वार्तामा उनले सो गुनासो गरेका हुन् ।
उनले भने– पहिले त म दुबहीबाट आएको भनेपछि पनि उपचारका लागि राम्रै व्यवहार गरेका थिए र स्वाब लिएका हुन् तर अहिले मेरो रिपोर्ट पोजेटिभ आएको भनेपछि भने मलाई एक्लै कोठामा राखेका छन्, बाहिर निस्केर जाने अवस्था पनि छैन, फर्केर पनि कोही आएका छैनन् ।


आफूलाई यस्तो व्यवहार गरी अस्पतालमा एक्लै र कोही पनि नफर्किने अवस्थामा राख्नुभन्दा बरु घर जान पाए आफैले राम्रोसँग खानेकुराहरु खाने र शरीररको ख्याल गर्ने थिएँ– उनले भने छन् । कुनै औषधि पनि नदिएका र कोही चिकित्सक तथा नर्स पनि फर्केर नआएको आफ्नो अवस्थाको बारेमा आफूले यहाँका स्थानीय पत्रकारहरुलाई भनेको भए पनि स्थानीय सरकारका कोही पनि नआएका र यहाँको अस्पताल प्रशासनले पनि नसुनेको उनको गुनासो छ ।

आफूलाई स्वास्थ्यमा त्यस्तो कुनै अप्ठेरो नदेखिएको उनको भनाई छ । उनले सो अन्तर्वार्तामा भनेका थिए– मलाई त्यस्तै कुनै अप्ठेरो महसुश भएको छैन, सामान्य खोकी लागेको मात्र हो ।
खाना ल्याएर कोठा बाहिरै छोडिदिन्छन् र खाना बाहिर छ भनेर खबर गरेर जान्छन् । उनले भने– यो व्यवहारका कारण मैले घरबाटै खाना मगाएर खाने गरेको छु । उनले परिवारका सबै सदस्यलाई स्वास्थ्य जाँच गराउन भनेको पनि बताए ।

उनले सो रिपोर्टमा आफूलाई विश्वास नलागेको र फेरि अर्काे पटक स्वास्थ्य जाँच गराइदिन पनि माग गरेका छन् । उनले भने, मलाई केही भएको छैन, मेरो रिपोर्ट पोजेटिभ आएको भनियो, फेरि एक पटक जाँच गराइदिने व्यवस्था गरिदिनोस् । सो अन्तर्वार्तामा तपाईँले आफ्नो तर्फबाट के भन्न चाहनुहुन्छ भन्ने प्रश्नमा भने– मेरो फेरि एकपटक स्वास्थ् जाँच गराइदिने व्यवस्था गरिदिनोस्, अनि यस्तै व्यवहार गर्ने हो भने मलाई घर जाने व्यवस्था मिलाइदिनोस् ।