२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमित युवाको गुनासो– डाक्टर नर्स फर्केरै आउँदैनन्, खाना बाहिरै राखिदिन्छन्



अ+ अ-


काठमााडौँ । कोरोनाको संक्रमण भएका भनी धनगढीको एक अस्पतालमा राखिएका युवाले भनेका आफूलाई हेर्न चिकित्सक तथा नर्स कोही पनि फर्केर नआएको गुनासो गरेका छन् । उनको परिचय नखुलाई एभिन्युज टिभीले आज गरेको अन्तर्वार्तामा उनले सो गुनासो गरेका हुन् ।
उनले भने– पहिले त म दुबहीबाट आएको भनेपछि पनि उपचारका लागि राम्रै व्यवहार गरेका थिए र स्वाब लिएका हुन् तर अहिले मेरो रिपोर्ट पोजेटिभ आएको भनेपछि भने मलाई एक्लै कोठामा राखेका छन्, बाहिर निस्केर जाने अवस्था पनि छैन, फर्केर पनि कोही आएका छैनन् ।


आफूलाई यस्तो व्यवहार गरी अस्पतालमा एक्लै र कोही पनि नफर्किने अवस्थामा राख्नुभन्दा बरु घर जान पाए आफैले राम्रोसँग खानेकुराहरु खाने र शरीररको ख्याल गर्ने थिएँ– उनले भने छन् । कुनै औषधि पनि नदिएका र कोही चिकित्सक तथा नर्स पनि फर्केर नआएको आफ्नो अवस्थाको बारेमा आफूले यहाँका स्थानीय पत्रकारहरुलाई भनेको भए पनि स्थानीय सरकारका कोही पनि नआएका र यहाँको अस्पताल प्रशासनले पनि नसुनेको उनको गुनासो छ ।

आफूलाई स्वास्थ्यमा त्यस्तो कुनै अप्ठेरो नदेखिएको उनको भनाई छ । उनले सो अन्तर्वार्तामा भनेका थिए– मलाई त्यस्तै कुनै अप्ठेरो महसुश भएको छैन, सामान्य खोकी लागेको मात्र हो ।
खाना ल्याएर कोठा बाहिरै छोडिदिन्छन् र खाना बाहिर छ भनेर खबर गरेर जान्छन् । उनले भने– यो व्यवहारका कारण मैले घरबाटै खाना मगाएर खाने गरेको छु । उनले परिवारका सबै सदस्यलाई स्वास्थ्य जाँच गराउन भनेको पनि बताए ।

उनले सो रिपोर्टमा आफूलाई विश्वास नलागेको र फेरि अर्काे पटक स्वास्थ्य जाँच गराइदिन पनि माग गरेका छन् । उनले भने, मलाई केही भएको छैन, मेरो रिपोर्ट पोजेटिभ आएको भनियो, फेरि एक पटक जाँच गराइदिने व्यवस्था गरिदिनोस् । सो अन्तर्वार्तामा तपाईँले आफ्नो तर्फबाट के भन्न चाहनुहुन्छ भन्ने प्रश्नमा भने– मेरो फेरि एकपटक स्वास्थ् जाँच गराइदिने व्यवस्था गरिदिनोस्, अनि यस्तै व्यवहार गर्ने हो भने मलाई घर जाने व्यवस्था मिलाइदिनोस् ।