१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

आजैदेखि घर घरमा गएर फोहर उठाउन सरकारको निर्देशन, बाहिर फाल्नेलाई कारबाही

आजैदेखि घर घरमा गएर फोहर उठाउन सरकारको निर्देशन, बाहिर फाल्नेलाई कारबाही
अ अ+ अ-

काठमाडौं । सरकारले तत्काल नागरिकको घर घरमा गएर फोहर संकलनको व्यवस्था मिलाउन स्थानीय तहहरुलाई निर्देशन दिएको छ । शनिबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विज्ञप्ती जारी गर्दै आजैदेखि घर घरमा गएर फोहर संकलनको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । आजैदेखि काठमाडौं उपत्यकाको फोहर संकलन र सिसडोलमा बिसर्जन शुरु भएको पनि मन्त्री मानन्धरले जानकारी दिए ।

कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिको सामना गर्नका लागि लकडाउनमा बस्नुपरेको यो अवस्थामा घरबाट निस्कने फोहोर व्यवस्थापनलाई चुस्त बनाउन मन्त्रालयका तर्फबाट पहल सुरु गरिसकिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । मन्त्रालयले आजैदेखि घरघरमा फोहर संकलक पठाई त्यसको समुचित व्यवस्थापनमा लाग्न देशभरका सम्पूर्ण महानगरपालिका, उपमहानगरपालिका,नरपालिकाहरुलाई निर्देशनात्मक अनुरोध गरेको हो ।

संघीय राजधानी काठमाण्डौको फोहोर व्यवस्थापनका सवालमा देखिएको समस्या समाधानका लागि काठमाण्डौं र ललितपुर महानगरपालिका तथा भक्तपुर नगरपालिकासहित सबै नगरपालिकाहरुलाई तत्काल समाधान हुनेगरी काम थाल्न समेत अनुरोध गरिएको छ । उपत्यकाको फोहोर उत्सर्जन हुने स्थान सिसिडोलमा पनि गर्मीसँगै फैलने दुगन्र्ध रोकथाम र किटाणु नासका लागि आवाश्यक औषधीको व्यावस्थापन गराउने काम तत्काल थालनी गर्न उपत्यकाका नगरपालिकालाई निर्देशन दिईसकिएको विज्ञप्तीमा उल्लेख छ । साथै संक्रमणको जोखिम न्युनिकरणका लागि बिहान ८ बजेभित्र फोहर बसिर्जनको ब्यवस्था मिलाउन उपत्यकाका नगरपालिकाहरुसँग मन्त्रालयले आवश्यक पहल गरिसकेको उल्लेख गरिएको छ ।

फोहोर संकलनमा खटिने संकलक र सवारी चालक तथा अन्य कर्मचारीलाई आवाश्यक स्वास्थ्य सुरक्षा सामाग्रीको व्यवस्थापन मिलाउने कामको थालनि समेत भईसकेको मन्त्री मानन्धरले जानकारी दिएका छन् ।

अव्यवस्थित रुपमा फालिने फोहरका कारण सहरी क्षेत्रमा हुनसक्ने विभिन्न खाले संक्रमणलाई मध्यनजर गर्दै संकलक नआउँदासम्म घरमै कुहिने र नकुहिने फोहरलाई छुट्टा छुट्टै ब्यवस्थित रुपमा व्यवस्थापन गरिदिनुहुन सहरबासीलाइ मन्त्री मानन्धरले आग्रह समेत गरेका छन् । घर बाहिर फोहर फाल्नेलाई कारबाही गरिने तयारी समेत गरिएको छ ।

फोहोरका कारण फैलनेसक्ने संक्रमणलाई मध्यनजर गर्दै सदा झै फोहोर विर्सजनका लागि सिसिडोलबासीले गर्नुभएको सहजकिरणको प्रशंसा समेत गरिएको छ । मन्त्रालय र सरोकारवाला निकायको पहलमा आजैदेखि सिसडोलमा फोहर बिसर्जन सुरु भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । मन्त्री मानन्धरले त्यहाँ निर्माण गर्नुपर्ने पूर्वाधार लगायतका आवाश्यक संरचना व्यवस्थापनको काम समेत यथासिघ्र थालनी गराउने प्रतिवद्धता समेत जनाएका छन् । तत्काल देखिन सक्ने समस्या समाधानका लागि हात धुले प्रयोजनका लागि काठमाडौं महानगरपालिकाले ट्यांकी, मास्क लगायतका सामग्रीहरु उपलब्ध गराएको र थप ब्यवस्थापनका लागि मन्त्रालयले पहल गरिसकेको मन्त्री मानन्धरले बताए । ।

अव्यवस्थित रुपमा फलिने फोहरका कारण सहरी क्षेत्रमा हुनसक्ने विभिन्न खाले संक्रमणलाई मध्यनजर गर्दै राष्ट्रिय विपद्को यो घडीमा संयमता अपनाउन सबै पक्षलाइ मन्त्री मानन्धरले अनुरोध समेत गरेका छन् । आफू उक्त क्षेत्रको जनप्रतिनिधी समेत भएका नाताले सिसडोल र बन्चरेडाँडाको समस्या समाधानमा सदा प्रतिवद्ध रहने बाचा समेत मन्त्री मानन्धरले गरेका छन् । संकटको बेलामा सबै पक्ष गम्भिर बनेर छलफलका माध्यमबाट समाधानको खोजिमा लाग्नुपर्ने बेला आएको विज्ञप्तीमा उल्लेख छ । विपद्को घडीमा ध्रैयता र संयमता अपनाउन पनि सबै पक्षलाई मन्त्री मानन्धरले आग्रह गरेका छन् ।
सहरी क्षेत्रमा संकटको सामना गर्नका लागि स्थानिय तह र वडा कार्यालयसम्म नै उद्धार, उपचार र यन्य अत्यावश्यकिय व्यवस्थापनका लागि सहरी क्षेत्रका सबै स्थानमा तत्काल संरचना तयार पार्न देशभरका सबै नगरपालिकालाई मन्त्रालयले अनुरोध गरेको छ ।

संघ, प्रदेश र सबै स्थानिय तह मार्फत फोहर संकलन र ब्यवस्थापन लगायतका कामलाई तिब्रता दिलाउने र सम्भावित संकटको सामना गर्न उद्धदार र राहतका लागि समेत सबै स्थानिय तहका संरचनालाई तयारी अवस्थामा राख्नुपर्ने आवश्यकतालाई ध्यान दिन मन्त्री मानन्धरले आग्रह समेत गरेका छन् ।

सहरी क्षेत्रमा नागरिकको बाक्लो बसोबास लगायतका कारणले कोरोनाको संक्रमण फैलने सम्भावना उच्च रहेकाले आवश्यक क्वारेन्टाइन निर्माणका लागि विभिन्न विकल्पसहति मन्त्रालय तयारी अवस्थामा रहेको पनि मन्त्री मानन्धरको विज्ञप्तिमा उल्लेख छ । सम्भावित संक्रमितका लागि अस्थायी आवास क्वारेन्टाईनको प्रवन्ध लगायतको व्यस्थापनका लागि सहरी विकास मन्त्रालय तयारी अवस्थामा रहेको उल्लेख छ । प्रत्यक्ष सरोकार रहने भएकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गठन भएको नेपाल सरकारको उच्चस्तरीय समितिलाई आवश्यक सहयोग र समन्वयका लागि समेत मन्त्रालय तयारी अवस्थामा रहेको मन्त्री मानन्धरले जानकारी दिएका छन् ।