१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु नेपाली समाजमा भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्ति छः खिलराज रेग्मी रास्वपा पदाधिकारीमा को को भए निर्वाचित ? कसलाई कति मत ? मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न बलियो कानूनी संरचना आवश्यकः सभापति थापा दश वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ शुक्लाफाँटामा स्वास्थ्य सेवाको पहुँच विस्तार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामान लिन चीन गएको विमान आज नफर्किने, चलखेलको आशंका



अ+ अ-


काठमाडौँ । पिपिइलगायतका कोरोना भाइरसको उपचारसँग सम्बन्धित सामग्री लिन आज चीन पुगेको नेपाल एयरलाइन्सको जहाज आज नफर्किने भएको छ । चिनियाँ विशेष समाचार स्रोतले जनाएअनुसार सामान तयार नभएको भन्ने कारण देखाएर सो जहाज आजै नेपाल नफर्किने भएको छ ।
पूर्व निर्धारित समयअनुसार सो विमान आजै राति १ बजे फर्किने भनिएको थियो । तर पनि सो विमान आज नआउने भएको सो समाचार स्रोतले जनाएको छ ।
स्रोतले भन्यो– सामग्री तयार नभएको भनेर आज विमान नफर्किने भनिएको छ, तर यस विषयमा सामान खरिदबारे नेपाली पक्षको अर्थात नेपाल सरकारको तयारी पूर्ण रुपमा नभएको देखिएको छ ।
समाचार स्रोतले ती औषधीय सामग्रीको खरिदमा चलखेलको पनि आशंका गरिएको बतायो । विमान आज किन नफर्किने भएको हो भन्ने यकिन तथ्यको बारेमा थप पुष्टि हुन सकेको छैन । तर आजै राति १ बजेसम्ममा फर्किने भनेको विमान नफर्किने भने निश्चित भएको बताइएको छ ।