२२ असार २०८३, सोमबार
,
Latest
स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री नेप्से परिसूचक २६ अङ्कले घट्यो आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारका लागि सरकारले युद्ध स्तरमा काम गरिरहेको छ :  श्रम मन्त्री… काँग्रेस संस्थापन इतर पक्षको बैठकः १५ औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय स्थापना, पार्टी एकता… सरकार लोकतान्त्रिक मूल्य–मान्यता विपरित चलेको एमालेको आरोप संस्थापन इतर पक्षले खोल्यो सम्पर्क कार्यालय, काँग्रेसलाई पुनः पहिलो पार्टी बनाउने प्रतिबद्धता पारदर्शिताका नारा दिएर सत्तामा पुगेको वर्तमान सरकार पूर्णतः अपरादर्शीः नेता आङदेम्बे संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : अध्यक्ष राई ७ हजार मिटरका हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिने सरकारको तयारी भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोदा नदीमा निर्माणाधीन पुलको काम ९० प्रतिशत पूरा



अ+ अ-

कञ्चनपुर । यहाँको दोदा नदीमा निर्माणाधीन पुलका काम ९० प्रतिशत कार्य पूरा भएको छ ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिशप्रसाद जोशीका अनुसार आगामी पुष मसान्तभित्र सम्पन्न गर्ने गरी पुल निर्माणको काम भइरहेको छ । हालसम्म पुलको ‘सुपरस्ट्रक्चर’को कार्य पूरा भएको र अब पुलको दुवै छेउतर्फ पर्खाल निर्माण र माटो भरानको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

पुल निर्माणको कुल लागत अनुमान रु २४ करोड ७३ लाख ८० हजार रहेकामा लुम्बिनी–राजेन्द्र–कुमार–श्रेष्ठ जेभीसँग रू २४ करोड तीन लाख ९२ हजारमा ठेक्का सम्झौता भएको छ । विसं २०७२ पुस २६ गते तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भए पनि व्यवसायीको ढिलासुस्तीका कारण समयमै सम्पन्न हुन सकेको छैन ।

पुष मसान्तमा काम सम्पन्न गर्ने गरी म्याद थपिएको र चालु आआर्थिक वर्षमा पुल निर्माणका लागि रु ४० लाख मात्रै विनियोजन भएकाले समस्या हुने हो कि भन्ने चिन्ता रहेको जोशीले सुनाउनुभयो । पलको काम सम्पन्न गर्न अझै रु चार करोड आवश्यक पर्ने उहाँले बताउनुभयो ।

यहाँ पुल नहुँदा स्थानीयले जोखिम मोलेर नदी वारपार गर्दै आएका छन् । पुल निर्माण भए लाझाडी, शुक्लाफाँटा र कृष्णपुरका बासिन्दाको आवागमनमा सहज हुने स्थानीय बच्चन रानाले बताउनुभयो । रासस




भर्खरै