३१ भाद्र २०८३, बुधबार
,
Latest
सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस् तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी भोटेकोशी बाढीपीडितलाई विद्युत् महसुलमा तत्काल सहुलियत विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप परिमार्जनका लागि देशभरबाट कस्ता आए सुझाव ? नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरिसनद्वारा कोभिड-१९ को नि:शुल्क द्रुत परीक्षणका लागि खर्च गर्न अस्वीकार



अ+ अ-

क्यानबेरा । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सरकारले नि:शुल्करूपमा शीघ्र कोरोना परीक्षणको लागि रकम उपलब्ध गराउने कुरालाई अस्वीकार गर्नुभएको छ ।

मोरिसनले सोमबार संघीय सरकारले २०२० र २०२१ कै अनुपातमा कोभिड-१९ को फैलावट रोक्न खर्च जारी राख्न नसक्ने बताउँनु भएको छ। 'हामीले यस सङ्कटबाट अष्ट्रेलियालाई उन्मुक्ति दिलाउँन सयौं बिलियन डलर लगानी गरेका छौं,' उहाँले सेभेन नेटवर्क टेलिभिजनाम उक्त कुरा बताउँनु भएको छ ।

तर हामी अब महामारीको चरणमा छौंर अब हरेक पटक सरकारले सबै कुरा निःशुल्क गर्न सक्दैन । अष्ट्रेलियालीहरूका लागि द्रुत एन्टिजेन टेस्टहरू (RATs) लाई अनुदान दिन सरकारमा बढ्दो दबाबको बीच देशभर संक्रमण बढ्दै गएको छ।

आपूर्ति अभावको बीचमा RATs मा मूल्य वृद्धिको व्यापक रिपोर्टहरू  प्राप्त  भएका छन् जबकि पोलिमरेज चेन रियाक्सन (PCR)परीक्षणहरूको नतिजाको लागि पर्खने समय ७२ घण्टा भन्दा  बढी छ।

विपक्षी लेबर पार्टीका नेता एन्थोनी अल्बानीजले सोमबार ओमिक्रोन प्रकोपमा सरकारको प्रतिक्रियाको आलोचना गर्नुभएको छ । 'महिनौं तयारीको साथ, दुई वर्षदेखि चलिरहेको महामारीमा पनि यो सरकारको गतिविधि अविश्वसनीय छ। यो सार्वजनिक नीतिको असफलता हो जुन हामीले यस देशमा पहिले देखेका छैनौं।' 

उहाँको टिप्पणी छ । अष्ट्रेलियाले सोमबार बिहान ३७,००० भन्दा बढी स्थानीय रूपमा प्राप्त गरिएको कोभिड(१९ संक्रमणको रेकर्ड रिपोर्ट गरेको छ ।  सन् २०२१ को अन्त्यसम्म, १६ वर्ष र माथिका अष्ट्रेलियालीहरू मध्ये ९४.३ प्रतिशतले कम्तिमा एउटा खोपको डोज पाएका थिए र ९१.३ प्रतिशतले पूर्ण रूपमा खोप लगाएका थिए। (रासस-सिन्ह्वा)




भर्खरै