२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसबाट विश्वभर ३० हजार बढीको मृत्यु, साढे ६ लाखबढी संक्रमित



अ+ अ-

काठमाडौं । विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसले ३० हजार बढीके ज्यान लगेको छ साढे ६ लाख बढी संक्रमित रहेका छन् ।

कोरोना भाइरसबारे निरन्तर अपडेट दिइरहने वर्ल्डोमिटरका अनुसार अहिलेसम्म मृतकको कूल संख्या ३० हजार ८ सय ५० रहेको छ भने संक्रमितको संख्या ६ लाख ६२ हजार ९ सय ६७ पुगेको छ ।

संक्रमितमध्ये २५ हजार ४ सय १२ को स्थिती नाजुक छ भने ४ लाख ६४ हजार ७ सय ५२ संक्रमितको अवस्था सामान्य छ ।

यससँगै अहिलेसम्म १ लाख ४१ हजार ९ सय ९३ संक्रमित उपचारपछि डिस्चार्ज भइसकेका छन् ।