२८ भाद्र २०८३, आईतवार
,
Latest
कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयरको त्यो ट्वीट जसले न्यूयोर्कलाई कोरोनाको कहरमा पुर्यायो



अ+ अ-

राजन के.सी, काठमाडौं । सन् २०१९ को अन्त्यतिर चीनको वुहानबाट सुरुभएको कोरोना भाइरसको पहिलो संक्रमण अमेरिकाको न्यूयोर्कमा २०२० मार्च १ तारिकमा मात्र देखिएको थियो ।
सारा विश्व कोरोना संक्रमणबाट जोगिन सचेत र सावधान बनेको समयमा मार्च २ तारिकमा न्यूयोर्कका मेयरले गरेको एउटा ट्वीटका कारण अहिले न्यूयोर्क कोरोनाको कहरमा पुगेको छ भने विस्तारै पुरै अमेरिका यसको केन्द्र बन्दैछ ।

सारा विश्वले कोरोनाबाट आफ्ना जनतालाई जोगाउन लकडाउनमा गइसकेको अवस्था थियो । तर न्यूयोर्कमा पहिलो संक्रमण देखिएपछि पनि अमेरिकीहरु सचेत बनेनन् । बरु न्यूयोर्कका मेयर बिल डे ब्लासियोले गत मार्च २ तारिखमा गरेको ट्वीटले अमेरिकामा महामारी निम्त्याउने काम गर्यो । ट्वीटमा उनले सबै न्यूयोर्कबासीलाई आफ्नो दैनिक जीवनलाई निरन्तरता दिन मात्र भनेनन् मानिसहरुलाई बाहिर निस्कन उक्स्याउँदै खुल्लमखुल्ला फिल्म हेर्न जान समेत आग्रह गरे ।

जसको परिणाम आज अमेरिकाले भोग्नु परेको छ र न्यूयोर्क अमेरिकामा कोरोनाको केन्द्र बनेको छ ।

यही एक महिनाको अवधिमा न्यूयोर्कमा मात्र कोरोनाका संक्रमितको संख्या २० हजार नाघिसकेको छ भने अहिलेसम्म २८० जना भन्दा बढीको ज्यान गइसकेको छ ।

न्यूयोर्कमा कोरोनाको संक्रमण बढ्नुमा मेयर ब्लासियो र राष्ट्रपति डोनाल्ड ट्रम्पको लापरवाहीयुक्त अभिव्यक्ति प्रमुख कारक रहेको चर्चा सुरुभएको छ भने उनीहरुको व्यापक आलोचना सुरुभएको छ ।

उनीहरुको असावधानी र लापरवाहीका कारण आज अमेरिका एक लाख भन्दा कोरोना संक्रमित सहित कोरोनाको इपिसेन्टर बनेको छ भने मृतकको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ ।