१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

युगान्डामा दुई बस ठोक्किँदा ६३ जनाको मृत्यु, कैयौँ घाइते



अ+ अ-

एजेन्सी । युगान्डाको प्रमुख राजमार्गमा बुधबार बिहान दुईवटा बस एकआपसमा ठोक्किँदा कम्तीमा ६३ जनाको ज्यान गएको र धेरै घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटना मध्यरातपछि कम्पाला–गुलु मोटरवेमा भएको हो ।

प्रहरीद्वारा सामाजिक सञ्जाल एक्समा प्रकाशित विज्ञप्तिमा जनाइए अनुसार दुर्घटना ‘ओभरटेक गर्ने क्रममा’ भएको हो । चालकहरू मध्ये एकले ठक्करबाट जोगिन प्रयास गर्दा बस पल्टिएको र त्यसपछि ‘चेन रियाक्सन’ स्वरूप अन्य चार सवारीसाधन समेत नियन्त्रण गुमाई पटक–पटक पल्टिएको उल्लेख गरिएको छ ।

“घटनामा संलग्न सवारीसाधनका सबै यात्रुसहित ६३ जनाको मृत्यु भएको पुष्टि भएको छ”, विज्ञप्तिमा भनिएको छ ।

प्रहरीका अनुसार धेरैजना गम्भीर घाइते भएका छन्, जसलाई किर्‍यान्डोङ्गो अस्पताल तथा नजिकका अन्य स्वास्थ्य केन्द्रहरूमा उपचारका लागि लगिएको छ । यद्यपि, घाइतेहरूको सङ्ख्या र अवस्थाबारे विस्तृत विवरण तत्काल उपलब्ध नभएको प्रहरीले जनाएको छ ।

युगान्डामा यसअघि पनि ओभरटेकका कारण हुने ठूला सवारी दुर्घटनाहरूले मानवीय क्षतिको दोहोरो सङ्ख्यामा वृद्धि गरिरहेको भन्दै प्रहरी प्रवक्ताले सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।