२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्याक माले दिएका एक लाख बढी एन-९५ मास्क नेपाल आइपुगे



अ+ अ-

काठमाडौं । अलिबाबा फाउन्डेसनका संस्थापक ज्याक माले दिएका मास्क नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । ज्याक माले दिएका एक लाख बढी एन-९५ मास्क नेपालस्थित चिनियाँ दूतावासले नेपाल सरकारलाई हस्तान्तरण गरेको हो।

फाउन्डेसनले दिएको सामग्री नेपाल सरकारलाई प्राप्त भएको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेलले बताए। ज्याक माले दिने भनेका अन्य स्वास्थ्य सामग्री पनि क्रमशः आउने उनले जानकारी दिए।

ज्याक माले दिएका मास्कको मूल्य १० लाख ८४ हजार एक सय ६४ चिनियाँ युआन (एक करोड ८३ लाख ८४ हजार रुपैयाँ)रहेको छ।

मास्कसँगै ज्याक माले कोरोना परीक्षण गर्ने किट पनि नेपाल पठाएका छन्। उनले पठाएका २० हजार ६४ वटा किट पनि नेपाल आइपुगेका छन्। ती किटको मूल्य ९ लाख १४ हजार ६ सय ९१ युआन (एक करोड ५५ लाख १० हजार रुपैयाँ) पर्छ।