३१ भाद्र २०८३, बुधबार
,
Latest
हेटौंडामा यात्रुवाहक बसमा ढुंगा प्रहार गर्ने पाँच जना पक्राउ ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल काठमाडौं उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री, सञ्चय नगर्न विभागको आग्रह संक्रामक पशु रोग नियन्त्रण विधेयकमा २४ दफामा संशोधन, क्षतिपूर्ति कोषको व्यवस्था मन्त्रिपरिषद् बैठक जारी सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्लडप्रेसर सन्तुलित राख्न हरेक विहान मनतातो पानी पिउनुस्



अ+ अ-

काठमाडौं । पानी मानिसका लागि नभै नहुने बस्तु हो भनेर भनिरहनु पर्दैन । तर पनि हामीले पिउने पानी कस्तो र कुन अवस्थाको हुनु पर्दछ भन्ने जान्नु आवश्यक छ । कुन बेला कसरी पानी पिउने भन्ने पनि अध्ययनहरुले फरक फरक धारणा प्रस्तुत गरेका छन् । अध्ययन अनुसन्धानबाट प्राप्त परिणाम अनुसार मानिसहरुले दिनमा ३ लिटरसम्म पानी पिउँदा स्वास्थ्यका लागि फाइदा पुग्ने देखिन्छ ।

तर पानी कुन बेला पिउने त ? तिर्खा लागेको बेलामा हामीले पानी पिउने गरेकै छौँ । भन्ने हामीलाई लाग्न सक्छ तर त्यसबाट हामी मुक्तहुनु पर्दछ । वास्तवमा भन्ने हो भने हामीले हरेक विहान उठ्ने वित्तिकै मनतातो पानी पिउनु अति आवश्यक छ । विहान खाली पेटमा तातो पानी पिउनाले पाचन प्रक्रियामा मद्दत गर्छ । पच्न कठिन हुने खानेकुरा खाएको छ भने तातो पानीले त्यसलाई पचाउन मद्दत पुर्‍याउँछ ।

यसले पेट सफा पार्नुका साथै पाचनसम्बन्धी समस्यालाई नियन्त्रण गरिदिन्छ । जब मानिसको पाचन प्रणाली ठीकठाक हुन्छ, उसको तौल पनि उचित रहन्छ । तातो पानीले शरीरको फ्याट नियन्त्रण गर्न मद्दत गर्छ भने पेटमा गडबडी या दुख्दा पनि तातो पानीले कम गर्छ । ध्यान के दिनुपर्छ भने, तातो पानी विस्तारै पिउनुपर्छ ।

बिहान नियमित मनतातो पानी पिउनेलाई पेटसम्बन्धी समस्या निकै नै कम हुन्छ । बिहान तातो पानी पिउनाले ब्लड फ्लो र सर्कुलेसन सुधारमा पनि मद्दत पुग्छ । त्यतिमात्र होइन, बिहानको तातो पानीले ब्लडप्रेसर सन्तुलित राख्नसमेत मद्दत गर्छ ।