१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन कांग्रेस महामन्त्री डा.कोइरालाको माग

स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन कांग्रेस महामन्त्री डा.कोइरालाको माग
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले मुलुकभरका स्वास्थ्यकर्मीमा कोरोना भाइरस सङ्क्रमणको उपचार तथा रोकथाममा उच्च मनोबलका साथ कार्य गर्न अपिल गर्नुभएको छ ।

सरकार र स्वास्थ्यकर्मीका नाममा एक चिकित्साकर्मीका नाताले आज एक अपिल जारी गर्दै उहाँले कुनै पनि स्वास्थ्यकर्मी बिरामीको उपचार गर्न निश्चित भत्ताले भन्दा मानवीय भावनाले अभिप्रेरित रहने उल्लेख गर्नुभएको छ । “चिकित्सकमा रहेको त्यही मानवीय भावना, समर्पण र साहस नै आजको विश्वव्यापी महामारीबाट बाहिर निस्कने मुख्य मार्ग हो । म नेपालभरिका सबै स्वास्थ्यकर्मीमा आजको यो प्रतिकूल परिस्थितिमा उच्च मनोबल साथ कार्य गर्न एक चिकित्साकर्मीसमेतका नाताले अपिल गर्दछु”, उहाँले भन्नुभएको छ ।

महामन्त्री डा कोइरालाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणसँग जुध्न नेपाल सरकारले गरिरहेका प्रयत्नलाई काँग्रेसले निरन्तर साथ दिँदै आएको र लकडाउनको पालना गरेर जनताले यो सङ्घर्षप्रति ऐक्यबद्धता जनाइरहेको उल्लेख गर्नुभएको छ । उहाँले परिणाममुखी रूपमा कार्य गर्न निर्मित वातावरण उपयोग गर्दै अब स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको नेतृत्वमा सङ्घर्षमा जीत हासिल गर्नुपर्ने बताउनुभएको छ ।

चिकित्सकका रूपमा लामो समय सेवा र प्राध्यापनसमेत गरेको नाताले उहाँले आजको स्थितिलाई निकै दिनदेखि नजिकबाट नियालिरहेको उल्लेख गर्दै नेपाल सरकार र नेपालभरका स्वास्थकर्मीका नाममा यो अपिल सार्वजनिक गर्नुभएको जनाउनुभएको छ । स्वास्थ्यकर्मीका लागि अनिवार्य व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) को प्रबन्ध समयमै गर्न नसक्नु सरकारको कमजोरी भएको टिप्पणी गर्र्दै महामन्त्री कोइरालाले यथाशीघ्र देशव्यापी रूपमा पिपिई पुर्याएर सम्भावित सङ्क्रमितको परीक्षण एवं सङ्क्रमितको उपचारमा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन सरकारसँग अनुरोध गर्नुभएको छ ।