१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

तपाई पैसा नभएर भोकै बस्नुभएको छ ? अब यहाँबाट फ्रिमा पाइने छ खाद्यान्न

तपाई पैसा नभएर भोकै बस्नुभएको छ ? अब यहाँबाट फ्रिमा पाइने छ खाद्यान्न
अ अ+ अ-

काठमाडौं । काठमाडौँ उपत्यकामा पैसा नभएर कोही भोको बस्नु परेको त छैन ? यदि त्यस्तो हो भने अब महानगरीय प्रहरी कार्यालयको आवश्यक समन्वयमा अभावमा बस्न बाध्य सर्वसाधारणका लागि निःशुल्क खाद्यान्न उपलब्ध गराउने भएको छ ।

राहत वितरणका लागि विभिन्न बैंक तथा व्यवसायीसँग समन्वय थालिसकेको कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । उहाँले आफ्नै पहलमा आजदेखि उक्त अभियान शुरु गरेको जानकारी दिनुभयो । पहिलो चरणमा २५८ जनालाई पुग्ने खाद्यान्न सङ्कलन भइसकेको र आज वितरण गरिने पोखरेलले बताउनुभयो । मागका आधारमा तीनै जिल्लामा निःशुल्क राहत दिइने उहाँले बताउनुभयो ।

मुलुकमा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढेपछि सरकारले अत्यावश्यक कामबाहेक बाहिर नस्निकन आदेश जारी गरेको आज छैठौँ दिन हो । लकडाउनका कारण दैनिक ज्याला मजदूरी गरेर गुजारा चलाउने कामदार तथा विपन्न र गरिब परिवारमा समस्या बल्झिँदै छ । दैनिक दाताले दिएको सहयोगमा चल्ने आश्रम, संरक्षण केन्द्र र बाल तथा वृद्धाश्रममा समेत समस्याको चाङ चुलिएको छ । लकडाउन जति दिन बढ्छ उनीहरुको दैनिकी थप कष्टकर हुँदै जान्छ ।

“मानवीयताका लागि जे सकिन्छ सहयोग गरौँ भनेर लागेका छौँ, कोही पनि भोकै बस्नु नपरोस् भनेर पैसा कै अभावमा भोकै बस्न बाध्य भएका नागरिकलाई निःशुल्क खाद्यान्न वितरण गर्न लागेका छौँ”, डिआइजी पोखरेलले रासससँग भन्नुभयो, “समस्या हुनेले सिधै मलाई (मेट्रो वानमा) फोन गर्न सक्नुहुन्छ, प्रहरीको १०० नम्बर वा नजिकको प्रहरी कार्यालयमार्फत सम्पर्कमा आउन सक्नुहुन्छ, हामी राहत लिएर आउने छौँ ।”

कसैले आफ्नो घरमा भएर पनि या किनेर खान सक्ने आए भने कारवाही गर्ने चेतावनी प्रहरीको छ । त्यसका लागि मातहतका प्रहरी प्रभाव र वृत्तले छानविन गर्न छन् । वास्तविक प्रभावितलाई मात्रै राहत दिइनेछ । “हाम्रो अभियान भनेको हुँदै नभएका, अलपत्र परेका र किनेरसमेत खान नसक्नेका लागि हो, दाताको सहयोग नपाएर सञ्चालनमै समस्या परेका आश्रमका लागि हो”, पोखरेलले थप्नुभयो । उहाँका अनुसार आज एनआइसी एशिया बैंकको सहयोगमा झण्डै पाँच लाख बराबरको राहत वितरणको तयारी गरिएको छ । प्रतिपरिवार २५ किलो चामल, दुई किलो दाल, दुई किलो चना, एक किलो नून, आधा लिटर तेल र एक प्याकेट मसला प्याकेजका रुपमा राहत सामग्री वितरण गरिनेछ ।

अन्य बैंकबाट पनि सहयोगमा सहकार्य गर्ने जानकारी आएको र यो कार्यक्रमलाई लकडाउनको अवधिभर निरन्तरता दिने पोखरेलले बताउनुभयो । उपत्यकाको मातहतका प्रहरीलाई वास्तविक अभाव भएकाको विवरण ल्याउनसमेत भनिएको छ । राहत सामग्री प्रहरी आफैँले सुरक्षित तवरमा वितरण गर्ने जनाइएको छ । यो कार्यक्रम उपत्यकाको तीनै जिल्लामा लागू गरिएको छ ।

पैसा नभएर एक छाक खानबाट कोही पनि बञ्चित नहोउन् भनेर उनीहरुका लागि निःशुल्क खाद्य सामग्री वितरण गर्न लागिएको हो । प्रहरीले अभाव भएकालाई सम्पर्कमा आउन अनुरोधसमेत गरिएको छ । विश्वमा कोरोना भाइसरको महामारी फैलिरहेका बेला नेपालमा अहिलेसम्म पाँच जनामा रोगको सङ्क्रमण भएको पाइएको छ । जोखिम कायमै भएकाले अझै सतर्कता अपनाउनुपर्नेछ । लकडाउन प्रभावकारी देखिए पनि बिहान बेलुका उल्लङ्घन गर्ने क्रम भने रोकिएको छैन । प्रहरीले अहिले त्यस्ता व्यक्तिलाई सडकमै होल्ड गर्न थालेको छ ।