२२ असार २०८३, सोमबार
,
Latest
देउवा समूहले वीपी स्मृति दिवस छुट्टै मनाउने तनहुँका दुई स्थानीय तहको बजेट पारित बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक बैतडीमा घर भत्किँदा तीन जना घाइते रास्वपाले बनायो २८ केन्द्रीय विभाग, मनोनयन हुन बाँकी विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन नेपाल विशेष सेवा ऐन, २९४२ को साविकको व्यवस्था जगाउने सम्बन्धि विधेयक, २०८३ प्रतिनिधि सभामा पेश गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा रास्वपासँग निकटताबारे प्रश्न गर्नेलाई बाबुरामको जवाफ: ‘म विकास र समृद्धिकै खोजीमा छु’ स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिथिलाबासी गोधन कुट्ने पर्व मनाउँदै



अ+ अ-

जलेश्वर (महोत्तरी) । महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा क्षेत्रमा बसोबास गर्ने मिथिलानीहरु आज गोधन कुट्ने पर्व मनाउँदैछन् । यहाँका गाउँबस्ती तथा टोलटोलमा मिथिलानी (नारी)हरु बिहानै गोधन कुटेर पर्व मनाउँदैछन् ।

आजका दिन बिहानै यस क्षेत्रको प्रत्येक गाउँ बस्तीको चौबाटो र चौकहरुमा महिला दिदीबहिनीहरु जमघट भएर गोबर र केराउको दानालाई ओखलमा कुट्दै गोधन कुट्ने पर्व मनाउने गरेको जलेश्वर नगरपालिका –८ का माधव झाले बताउनुभयो ।

अघिल्लो दिनको राति मिथिलाको घरमा रहेको गाई भैंसीको गोठमा गोबरबाट गोधन (माता लक्ष्मी र भगवान विष्णु) को प्रतिमा बनाइको थियो भने सोही गोधनलाई राति गाईवस्तुले कुल्चेर बाँकी रहेको गोधनको भागमध्ये केहीलाई आज बिहान मिथिलानीहरु त्यसमा केराऊको दाना मिसाएर गोधन कुटेर गोधन कुट्ने पर्व मनाउँछन् ।

दिदीबहिनीले बजरी (गोधनबाट निकालिएको केराउका दाना) खुवाएपछि दाजुभाइले दिदीबहिनीलाई कोसेली दिने चलन रहेको छ । यसैबीच हाँसो ठट्ठाको लागि दिदीबहिनीहरुले (बजरी खैया भैया बजर होईहा, दहेज न दिहा दरिद्र होईहा । अर्थात केराऊको दाना खाएर केराऊ जस्तै बलियो हुनु र दान नदिए दरिद्र हुनु) भनाई पनि भन्ने चलन छ ।