२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक डाउनको अवधि सात दिन थप्नु पर्ने निष्कर्ष



अ+ अ-

काठमाडौं । सरकारले चैत ११ देखि लागू भएको लक डाउनको अवधि सात दिन थप्नु पर्ने निष्कर्ष निकालेको छ। आईतबार उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समितिले सो निष्कर्ष निकालेको हो।

बैठकले लक डाउनका कारण प्रभावित भएका नागरिकहरूलाई राहत दिनेबारे पनि मन्त्रिपरिषदमा सुझाव दिएको छ।

यस्तै नेपालको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने भएको छ । तर उनीहरु स्थानीय तहले बनाएको क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्नेछ ।

नेपाली नागरिक भएको प्रमाणित भएपछि नेपाल प्रवेश दिइने प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताए ।

साथै उनीहरुलाई स्थानीय तहले बनाएको क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था मिलाइनेछ ।

लक डाउन थप र राहतबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक केहीबेरमा बस्दैछ।