१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुवातास खेल्ने १५ जना प्रहरी नियन्त्रणमा



अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका र बेलडाँडी गाउँपालिकाका छुट्टाछुट्टै ठाउँमा प्रहरीले छापा मारेर जुवा तास खेलिरहेका १५ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार  बिहान करिब ४ः०० बजे बेल्डाडी गाउँपालिका–२ चौवन्नी बजारस्थित लोकेन्द्र बडालले सञ्चालन गरेको झलक क्याफेको दोस्रो तलामा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेल्डाडीबाट खटिएको टोलीले छापा मार्दा जुवातास खेल्दै गरेका आठ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरुबाट रु २७ हजार आठ सय ६५ नगद रकम बरामद गरेको छ ।

त्यसैगरी, आजै बेदकोट नगरपालिका–३ दैजीस्थित योगसिंह मालीको घरमा जुवा खेलिरहेको सूचना पाएपछि प्रहरी पोस्ट दैजीबाट खटिएको टोलीले छापा मारेर सात जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरूबाट रु ५१ हजार २६० नगद रकम बरामद गरेको छ ।