२८ भाद्र २०८३, आईतवार
,
Latest
वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ एमाले कार्यदलको विवाद मिलाउन काभ्रेमा आवासीय बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय प्रधानमन्त्री मोदीले किन मागे जनतासँग माफी ?



अ+ अ-

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान भारतीय जनतासँग माफी मागेका छन् । उनले लक डाउनका कारण असुविधा भएको भन्दै जनतासँग माफी मागेका हुन् । आइतबार भारतको एक रेडियोलाई दिएको अन्तर्वार्तामा उनले भारतवासीसँग माफी मागेका हुन्।
सो कार्यक्रममा उनले भनेका थिए, सबैभन्दा पहिला म देशवासीसँग माफी माग्न चाहन्छु। मलाई विश्वास छ तपाईहरूले मलाई क्षमा गरिदिनुहुन्छ। यस्तो निर्णय गर्नुपर्‍यो कि जसका कारण तपाईंहरूलाई समस्या भयो, ुउनले भने, ुगरिब भाइबहिनीहरूसँग पनि क्षमा माग्छु। म तपाईंहरूको समस्या बुझ्छु तर १३० करोड देशवासीलाई बचाउन यसबाहेक अरू कुनै उपाय छैन।ु

उनले कोरोना भाइरससँग जुध्न सबै एकजुट हुन पर्ने भन्दै आगामी केही दिनसम्म सबै भारतीय नागरिकले घरैमा बसेर सरकारलाई सहयोग गर्न आग्रह पनि गरे । त्यस अन्तर्वार्ताका क्रममा प्रधानमान्त्री मोदीले भारतका केही स्वास्थ्य अधिकारीहरूसँग पनि कुराकानी गरेका थिए।

भारतमा गत बुधबारदेखि २१ दिनका लागि लक डाउन गरिएको छ।लक डाउनका कारण लाखौं मजदुरले काम गुमाएका छन् भने उनीहरूले घर जाने साधन पनि पाएका छैनन्।
लक डाउनकै बीच भारतमा कोरोना संक्रमितको संख्या भने दिनदिनै बढिरहेको छ। आइतबार दिउँसोसम्म त्यहाँ ९८७ जनामा कोरोना भाइरस देखिएको छ भने २५ जनाको मृत्यु भएको छ।