१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

कोरोना रोकथाम गर्न सुझाव दिँदै डा.महतले भने- सरकार गम्भीर देखिएन

कोरोना रोकथाम गर्न सुझाव दिँदै डा.महतले भने- सरकार गम्भीर देखिएन
अ अ+ अ-


काठमाडौँ । विश्वव्यापी संक्रमण भएको कोरोना भाईरस (कोभेड १९) को संक्रमण रोकथाममा नेपाल सरकार गम्भीर बन्न नसकेको नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले बताएका छन् । देशलाई लकडाउनमा राखेर संक्रमणलाई रोक्ने प्रयास बाहेक नेपाल सरकार यसको रोकथाम र उपचारका लागि आवश्यक तयारी गर्ने काममा गम्भीर नदेखिएको उनको आरोप छ ।
उनले आज एक विज्ञप्ति प्रकाशन गरेर भनेका छन्– सरकारको तयारी हचुवा, दिशाविहीन र अपूर्ण देखिन्छ, लकडाउनका कारण राष्ट्रिय जीवनमा परेको आर्थिक सामाजिक प्रभाव कमगर्न चाहिने आवश्यक तयारी पनि देखिँदैन ।

सहमहामन्त्री डा.महतले कोरोना भाईरस देश वाहिरवाट आएको कारण प्रवेशमै रोक्ने काममा सरकारको कमजोरी देखिएको पनि बताएका छन् । उनले अन्तर्राष्ट्रिय उडानलाई धेरै पछिमात्र रोकियो भने भारतमा कामगर्ने श्रमिकहरुका ठूलो संख्या देश भित्रने क्रममा सिमा प्रवेश नाकामा सम्भावित संक्रमितलाई पहिचान गर्ने र छुट्याउने काम पनि नभएको बताए । त्यसैगरी संक्रमितहरुको परीक्षण गर्ने कामलाई गम्भिरताका साथ अगाडि नबढाइएको उनको भनाई छ ।
संक्रमितहरुलाई परिक्षण गर्न आवश्यक परीक्षण केन्द्र र स्वाब संकलन केन्द्रको विस्तारित व्यवस्था गर्न नसक्दा यसको लक्षण देखिएका विरामीहरु कहाँ गएर परीक्षण गर्ने भन्नेमा व्यापक अन्यौल देखिएको उनले बताए ।

लकडाउन पछि अधिकांश निजी अस्पतालहरुले कोरोना भाईरस (कोभेड १९) को त कुरै भएन अन्य गम्भीर विरामीहरुको उपचार समेत रोकेको स्थिति छ । लकडाउन अहिले १ हप्ताको लागि भएको छ । समय थप्नुपर्ने अवस्था देखिन्छ । यस्तो अवस्थामा आम उपभोक्ता र खासगरी काठमाण्डौं उपत्यका र ठूला सहरहरुमा वस्ने मजदुर र निम्न आय भएका कामदाहरुबाट विस्थापित भएका नागरिकहरुले महँगी र खाद्यान्न समेतको अभाव महशुस गर्ने अवस्था आउन थालेको छ– उनले विज्ञप्तिमा भनेका छन् । । आम नागरिकहरुमा बेचैनी वढेको तर यसतर्फ सरकारको खासै गृहकार्य नदेखिएको भन्दै लकडाउनका कारण देशको समग्र आर्थिक गतिविधिमा पर्ने असरलाई न्यून गर्ने प्याकेजलाई पनि सरकारले समयमै ल्याउन जरुरी रहेको उनले बताएका छन् । विश्वव्यापी संक्रमण र यसले नेपालमा पर्ने असर कमगर्न राजनैतिक पार्टीहरु, नागरिक समाज र आम जनताहरु सकृय सहयोग गर्न तयार रहेकोले सरकारले यो महामारी रोक्न प्रभावकारी तयारी र नेतृत्व दिन जरुरी रहेको भनाइ छ ।

उनले कोरोना भाईरस (कोभेड १९) को संक्रमण रोक्न र यसबाट परेको प्रभाव कमगर्न सरकारको ध्यानाकर्षण गराउँदै रोकथाम र राहात तथा अल्पकालीन र दिर्घकालीन आर्थिक पुर्नस्थापना प्याकेजका कार्यक्रमहरु ल्याउन विभिन्न सुझावहरु प्रस्तुत गरेका छन् ।
जसअन्तर्गत रोकथाम र राहतको कार्यक्रममा संभावित संकमितको पहिचान गर्ने र स्वास्थ्य परिक्षण गर्न तिव्रता दिन र यसका लागि काठमाण्डौमा टेकु वाहेक थप परीक्षण केन्द्र र सातै प्रदेशमा परीक्षण केन्द्रको व्यवस्था गर्न माग गरेका छन् । त्यस्तै निजी क्षेत्रका स्थापित अस्पतालहरु समेतको सहकार्यमा परिक्षण र नमूना संकलन केन्द्रहरु खोल्न उनको सुझाव छ । सरकारलाई उनले दिएको बुँदागत सुझाव दिँदै उनले निजी अस्पताल लगायत स्वास्थ्यसेवा प्रदायक निकायहरुमा कोरोना भाईरस कोभेड १९) वाट सुरक्षीत हुन आवश्यक सुरक्षा सामाग्रीहरु तत्काल उपलब्ध गराई स्वास्थ्य सेवा पूर्ण रुपमा चालु गर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।

त्यस्तै काठमाण्डौं उपत्यका र देशका अन्य भागहरुमा अत्यावश्यक सेवा ग्यास तथा खाद्य वस्तुको अभाव हुन नदिन उचित आपुर्ति व्यवस्था सुनिश्चित गर्न र कृतिम अभाव र कालो वजारी रोक्न कडा व्यवस्था गर्न सुझाएका छन् । त्यसैगरी अल्पकालिन र दिर्घकाली आर्थिक पुर्नस्थापना प्याकेजमा जोड दिँदै ऋणको व्याज तिर्ने म्यादलाई कम्तीमा ६ महिना थप गर्न, राष्ट्रबैंकले ऋण प्रवाह सहज, सरल र सस्तो वनाउने मौद्रिक नीतिको तत्काल घोषणा गर्न, भारतमा लागु गरिएको आधार कार्ड जस्तै राष्ट्रिय परिचयपत्रलाई चाडो लागुगरी नागरिकका आवश्यकता र स्थिति अनुकूल भविष्यमा राज्यले दिने सुविधालाई सुधार गर्न आवश्यक काम तत्काल थाल्न पनि उनले माग गरेका छन् । त्यसैगरी सातैप्रदेशमा सरुवारोग अस्पतालहरुको स्थापना गर्न, कृषी, पर्यटन र उद्योग व्यवसायलाई पुनर्जीवन दिन ब्याजदर न्यूनगर्ने लगायत प्रोत्साहनका लागि वित्तिय र मौद्रिक प्याकेज घोषणा गर्न पनि उनले माग गरेका छन् ।