१ असार २०८३, सोमबार
,
Latest
चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो, राप्तीमा सबैभन्दा बढी वितरण आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा सयौ नेपाली कोरोनाको आशंकामा अस्पताल भर्ना



अ+ अ-

अमेरिका। कोरोना भाइरसको आशंकामा अमेरिकामा कम्तिमा २ सय नेपाली अस्पताल भर्ना भएका छन्। अस्पताल भर्ना भएका कतिपय नेपालीहरुलाई कोरोना पुष्टी समेत भएको इन्जाका अध्यक्ष एवं पत्रकार गुणराज लुइटेलले जानकारी दिएका हुन्।

लुइटेलका अनुसार न्यूयोर्कको हस्पिटलहरुमा कम्तिमा २ सय जना नेपाली कोभिड-१९ बाट पोजेटिभ वा हस्पिटलाइज भएका छन्। यो नेपालमा भएका सबै संक्रमित भन्दा कैयौं गुणा बढी हो ।

न्यूयोर्कका समाजसेवी जीवन बम र चर्चित फोटो/भिडियोग्राफर शम्भु मोक्तानले छुट्टाछुट्टै रुपमा आफूहरुलाई कोरोना भाइरस भएको कुरा सार्वजनिक हितको लागि जानकारी गराएको पनि लुइटेलले बताए।

उनले अन्य नेपाली कसैलाई कोरोना भएको छ भने तुरुन्त सार्वजनिक गर्नुहुन अनुरोध गर्दै विरामी भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छ्न् ।

पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा १ लाख ४१ हजार ८११ जना संक्रमित भएका छन् । २ हजार ४ सय ७१ जनाको ज्यान गएको छ ।

यो तथ्यांक वल्डोमिटर्सडटइन्फोको हो भने जोन्स हप्किन्स विश्वविद्यालयले मृतकको संख्या २ हजार ४ सय १४ पुगेको जनाएको छ ।