२८ भाद्र २०८३, आईतवार
,
Latest
वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ एमाले कार्यदलको विवाद मिलाउन काभ्रेमा आवासीय बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुटवलको कोरोना अस्पतालमा थपिए एकै दिन ५ बिरामी



अ+ अ-

बुटवल । रुपन्देहीस्थित बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा एकै दिन ५ बिरामी थपिएका छन्। आइतबार एकै दिन कोरोना लक्षणका ५ बिरामी भर्ना भएसंगै अहिले अस्पतालमा बिरामीको संख्या ६ पुगेको हो।

६ बिरामीमध्ये ४ पुरुष र २ महिला रहेका छन् । बिरामी सबैमा कोरोना भाइरसका लक्षणसँग मिल्ने ज्वरो र खोकी छ।

तीमध्ये पुराना १ जनाको स्वाब परीक्षणका लागि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनास्वास्थ्य प्रयोगशालामा पठाइसकिएको छ भने आइतबार भर्ना भएका ५ जनाको नमुना पनि पठाउने तयारी भइरहेको छ। धरैजसो बिरामी भारतबाट आएकाहरू हुन् ।