२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुटवलको कोरोना अस्पतालमा थपिए एकै दिन ५ बिरामी



अ+ अ-

बुटवल । रुपन्देहीस्थित बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा एकै दिन ५ बिरामी थपिएका छन्। आइतबार एकै दिन कोरोना लक्षणका ५ बिरामी भर्ना भएसंगै अहिले अस्पतालमा बिरामीको संख्या ६ पुगेको हो।

६ बिरामीमध्ये ४ पुरुष र २ महिला रहेका छन् । बिरामी सबैमा कोरोना भाइरसका लक्षणसँग मिल्ने ज्वरो र खोकी छ।

तीमध्ये पुराना १ जनाको स्वाब परीक्षणका लागि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनास्वास्थ्य प्रयोगशालामा पठाइसकिएको छ भने आइतबार भर्ना भएका ५ जनाको नमुना पनि पठाउने तयारी भइरहेको छ। धरैजसो बिरामी भारतबाट आएकाहरू हुन् ।