२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संक्रमित युवतीसँगै जहाजमा आएका छ जनाको रिपोर्ट नेगेटिभ



अ+ अ-

काठमाडौँ । गत चैत ४ गते कतार एयरवेजबाट आएकी कोरोना संक्रमित युवतीसँगै आएकी एक युवतीसहित छ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । कुवेतबाट आएकी उनी कतार एयरवेजबाटै आएकि थिएन् । सो एयरवेजमा आएकी एक युवती भने संक्रमित भई उपचाररत छिन् । दाङकी ती युवतीसहित पाँच जनाको परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको बताइएको छ।

दाङको बबई गाउँपालिका निवासी १९ वर्षीया एक युवतीसहित थप चार जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको तुलसीपुरस्थित बेलझुण्डी कोरोना विशेष अस्पतालका सदस्य सचिव सर्वेश शर्माले सो जानकारी दिएका हुन् ।

सो अस्पतालको आइसोलेसनमा उपचाररतः थप एकजनाको भने रिपोर्ट आउन बाँकी रहेको शर्माले बताए।

थप एकजनाको रिपोर्ट आज बेलुका सम्म आउने उनले जनाए । नेगेटिभ रिपोर्ट आएका पाँच जनालाई आजै डिस्चार्ज गरिने तयारी रहेको अस्पतालले जनाएको छ ।