१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

कोरोना भाइरसलाई प्रभु यशुले ठीक गर्छन् भन्दै भ्रम फैलाउने पास्टर पक्राउ

कोरोना भाइरसलाई प्रभु यशुले ठीक गर्छन् भन्दै भ्रम फैलाउने पास्टर पक्राउ
अ अ+ अ-

चितवन । कोरोना भाइरसबारे भ्रम फैलाएको आरोपमा चितवन प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा माडी नगरपालिका–७ जगन्नाथपुरीकी ३८ वर्षीया जानकी ढुंगानालाई प्रहरीले नियन्त्रणमा लिइएको हो।

चितवन प्रहरीका अनुसार उनी एउटा चर्चकी पास्टर भएकी उनले चाहिँ प्रभु यशुले कोरोना भाइरसलाई ठीक गर्छन् भन्दै गाउँमा पोस्टर, पम्पलेट वितरण गर्दै हिँडेको थाहा पाए लगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख नान्तीराज गुरुङका अनुसार ती महिलाविरुद्ध मुलुकी अपराध संहिताअन्तर्गत जिल्ला अदालतमा अभद्र व्यवहारमा मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाइएको छ।

‘आइतबार उनीविरुद्ध मुद्दा दर्ता गरिएको हो,’ एसपी गुरुङले भने, ‘अहिले उनी जिल्ला प्रहरी कार्यालयको हिरासतमा छिन्।’

एसपी गुरुङका अनुसार उनलाई माडीस्थित इलाका प्रहरी कार्यालयले शनिबार पक्राउ गरेको हो। यस्तो संवेदनशील अवस्थामा प्रभु यशुलाई विश्वास गरे कोरोना भाइरसले छुँदैन भनेर भ्रम फैलाउँदै हिँडेकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।