२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसलाई प्रभु यशुले ठीक गर्छन् भन्दै भ्रम फैलाउने पास्टर पक्राउ



अ+ अ-

चितवन । कोरोना भाइरसबारे भ्रम फैलाएको आरोपमा चितवन प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा माडी नगरपालिका–७ जगन्नाथपुरीकी ३८ वर्षीया जानकी ढुंगानालाई प्रहरीले नियन्त्रणमा लिइएको हो।

चितवन प्रहरीका अनुसार उनी एउटा चर्चकी पास्टर भएकी उनले चाहिँ प्रभु यशुले कोरोना भाइरसलाई ठीक गर्छन् भन्दै गाउँमा पोस्टर, पम्पलेट वितरण गर्दै हिँडेको थाहा पाए लगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख नान्तीराज गुरुङका अनुसार ती महिलाविरुद्ध मुलुकी अपराध संहिताअन्तर्गत जिल्ला अदालतमा अभद्र व्यवहारमा मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाइएको छ।

‘आइतबार उनीविरुद्ध मुद्दा दर्ता गरिएको हो,’ एसपी गुरुङले भने, ‘अहिले उनी जिल्ला प्रहरी कार्यालयको हिरासतमा छिन्।’

एसपी गुरुङका अनुसार उनलाई माडीस्थित इलाका प्रहरी कार्यालयले शनिबार पक्राउ गरेको हो। यस्तो संवेदनशील अवस्थामा प्रभु यशुलाई विश्वास गरे कोरोना भाइरसले छुँदैन भनेर भ्रम फैलाउँदै हिँडेकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।