२८ भाद्र २०८३, आईतवार
,
Latest
वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ एमाले कार्यदलको विवाद मिलाउन काभ्रेमा आवासीय बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमामा अलपत्र नेपाली कामदार पौडी खेल्दै नेपाल आए



अ+ अ-

दाचुला । सिमा क्षेत्रमा तीन दिन देखी अलपत्र परेका नेपाली कामदार पौडी खेली नेपाल तर्फ आउन थालेका छन् । भारतको धारचुलामा रहेका नेपाली कामदार पुल नखोलीदा नदिमा पौडी खेली नेपाल तर्फ आउन थालेका हुन्।

सोमबार बैतडी जिल्ला डिलाशैनी गाउँपालिका १ कोटपेटराका ४८ वर्षीय इन्द्र राज खत्री महाकालीमा पौडी खेली नेपाल आएका छन् । उनी भारतको रीमामा मजदुरी गरि घर फर्किदा नेपाल लकडाउन तथा सीमा क्षेत्र बन्दका कारण भारतको धारचुलामा तीन दिन देखी अलपत्र अवस्थामा रहेका थिए ।

उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रण लिएको छ । पुल खोल्न प्रमुख जिल्ला अधिकारी सँग आग्रह गर्न पौडी खेलेर नेपाल आएको खत्रीले बताए । आफूहरुको माग सरकारले नेपाल आउन दिनुपर्ने रहेको उहाको भनाइ छ ।