२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमामा अलपत्र नेपाली कामदार पौडी खेल्दै नेपाल आए



अ+ अ-

दाचुला । सिमा क्षेत्रमा तीन दिन देखी अलपत्र परेका नेपाली कामदार पौडी खेली नेपाल तर्फ आउन थालेका छन् । भारतको धारचुलामा रहेका नेपाली कामदार पुल नखोलीदा नदिमा पौडी खेली नेपाल तर्फ आउन थालेका हुन्।

सोमबार बैतडी जिल्ला डिलाशैनी गाउँपालिका १ कोटपेटराका ४८ वर्षीय इन्द्र राज खत्री महाकालीमा पौडी खेली नेपाल आएका छन् । उनी भारतको रीमामा मजदुरी गरि घर फर्किदा नेपाल लकडाउन तथा सीमा क्षेत्र बन्दका कारण भारतको धारचुलामा तीन दिन देखी अलपत्र अवस्थामा रहेका थिए ।

उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रण लिएको छ । पुल खोल्न प्रमुख जिल्ला अधिकारी सँग आग्रह गर्न पौडी खेलेर नेपाल आएको खत्रीले बताए । आफूहरुको माग सरकारले नेपाल आउन दिनुपर्ने रहेको उहाको भनाइ छ ।