२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी

भ्रम फैलाएको आरोपमा स्वागत नेपाललाई साइबर ब्यूरोले बोलायो

भ्रम फैलाएको आरोपमा स्वागत नेपाललाई साइबर ब्यूरोले बोलायो
अ अ+ अ-

काठमाडौं । भ्रम फैलाएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले अधिवक्ता स्वागत नेपाललाई सोधपुछ गर्न बोलाएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध भ्रम फैलाएको आरोप साइबर ब्यूरोले लगाएको हो । सांसद नभएको व्यक्ति र प्रधानन्यायाधीश भइसकेको व्यक्ति प्रधानमन्त्री हुनु नहुने भन्दै अधिवक्ता नेपालले आलोचना गरेका थिए ।

केही दिन अघि यो संविधानले कार्कीलाई प्रधानमन्त्री बन्न दिँदैन, आफैले प्रधानमन्त्री बन्न हुँदैन भनेको विषयमा आफैं प्रधानमन्त्री भएको भन्दै प्रधानमन्त्री कार्कीको आलोचना गरेका थिए ।

अधिवक्ता नेपालले आफूलाई प्रहरीले सोमबार फोन गरेर साइबर ब्यूरोमा आउन आग्रह गरेको बताए । ‘म आजै आउ कि भनेको तर तिहार मानेर आउनूस् भन्नुभएको छ, तिहारपछि जान्छु काठमाडौं बाहिर नजान आग्रह गरेको छ’, उनले भने ।

अधिवक्ता रहेका नेपाल राजावादी आन्दोलनका अगुवासमेत हुन् । गत चैत १५ गते पनि राजावादी आन्दोलनका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।