२८ भाद्र २०८३, आईतवार
,
Latest
वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ एमाले कार्यदलको विवाद मिलाउन काभ्रेमा आवासीय बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड १९ नियन्त्रणको लागि चाहिने सामाग्रि सातै प्रदेश पुग्दै



अ+ अ-

काठमाडौ । सरकारले कोभिड १९ नियन्त्रण गर्न चीनबाट ल्याएका सामाग्री सोमवारबाट सातै प्रदेशमावितरण सुरु गरेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देश महेन्द्र प्रसाद श्रेष्ठका अनुसार कर्णाली प्रदेशको सुर्खेतमा सेनाको हेलिकप्टर मार्फत सामान पुगिसकेको छ । सोही हेलिकप्टेरले सुदुर पश्चिम प्रदेशको धनगढी पनि सामान लैजादै छ ।

श्रेष्ठका अनुसार कर्णली र सुदुुर पश्चिमबाहेक हेलिकप्टरबाट विराटनगर पनि सामान गइसकेको छ । अन्य प्रदेश भने सोमवार नै स्थलमार्गबाट सामान लिएर गाडी हिडीसकेका छन् ।

सरकारले सातै प्रदेशमा ल्याव संचालन गरेर त्यही कोविड १९ को परिक्षण गर्ने तयारी समेत गरेको छ । प्रदेश स्तरमा रहेका अस्पतालहरुका ल्याव स्तरवृद्धि गरी संचालन सम्भाव्यताको लागिल्याव विज्ञहरुको टोलीपनि पठाइ सकिएको स्वास्थ्यमन्त्रीका स्वास्थय विज्ञ डा खेम कार्कीले जानकारी दिए । प्रदेशकाल्यावको स्तर वृद्धी संगै चिनबाट ल्याइएका प्रोटेवल पिसिआर मेसिन पनि व्याक अपको लागि पठाइने उनले जानकारी दिए ।

प्रदेश पठाइएका सामाग्रीहरु
पिपिइ १/१हजार थान
सर्जीकलमाक्स १०/१०हजार थान
ग्लोव्स २/२हजार थान
एन ९५ माक्स १/१हजार थान
थप सामाग्रि गाडीबाट जादै