१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

कोरोनाविरुद्ध रु एक करोडको कोष स्थापना

कोरोनाविरुद्ध रु एक करोडको कोष स्थापना
अ अ+ अ-

जलेश्वर । विश्वव्यापी महामारीको रुप लिइसकेको कोरोना भाइरसको सम्भावित सङ्क्रमण तथा खतरा रोकथामका लागि कोरोनाविरुद्ध महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाले रु एक करोडको कोष स्थापना गरेको छ । सोनमा गाउँपालिकामा कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन तथा सङ्क्रमणबाट बाँच्न र बचाउनका लागि रु एक करोडको कोष स्थापना गरिएको गाउँपालिका अध्यक्ष राजकुमार यादवले बताउनुभयो ।

उहाँले त्यस गाउँपालिकाको प्रत्येक वडाको प्रत्येक गाउँठाउँमा कोरोना भाइरससम्बन्धी जनचेतना फैलाउने काम भइरहेको, जनप्रतिनिधिहरु गाउँगाउँमा घुमिरहेको तथा स्थानीय बासिन्दालाई कोरोनाको सङ्क्रमणबाट बच्न र बचाउनका लागि आवश्यक सरसल्लाह दिइरहेको अध्यक्ष यादवले बताउनुभयो ।

त्यसैगरी सोनमा गाउँपालिकाको क्षेत्रभित्र कसैलाई कोरोना भाइरसको सङ्क्रमण वा लक्षण देखिएमा उनीहरुलाई छुट्टै व्यवस्थित रुपमा राख्नका लागि वडा नं. ३ स्थित खखना माध्यमिक विद्यालयमा ५० बेडको क्वारेन्टाइनसमेत निर्माण गरिएको बताउनुभयो ।

अध्यक्ष यादवले अहिले आफ्नो गाउँपालिका पूर्णरुपमा सुरक्षित रहेको तथा कोरोनाको विरुद्ध लड्न आफू तथा आफ्ना सम्पूर्ण जनप्रतिनिधि तयार अवस्थामा रहेको बताउनुभयो । सोनमा गाउँपालिका जिल्लाकै विकट गाउँपालिका रहे पनि गाउँपालिका अध्यक्ष यादवको विभिन्न पहलमा सो गाउँपालिका स्वास्थ्य क्षेत्रमा निकै फड्को मारेको छ ।