२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुडान मिसनमा रहेका ‘स्टाफ अफिसर’ रिदेश विष्टको हृदयघातबाट निधन



अ+ अ-

काठमाडौं । नेपाली सेनाका प्रमुख सेनानी रिदेश विष्टको निधन भएको छ । संयुक्त राष्ट्र संघको सुडान मिसनमा ‘स्टाफ अफिसर’ का रुपमा खटिएका प्रमुख सेनानी विष्टको हृदयघातबाट मिसन मुख्यालय जालिङ्गीमा निधन भएको हो ।

सानेपाका स्थायी बासिन्दा विष्ट अपरेशन रुपमा व्रिफिङ्ग गर्दा गर्दै ढलेको सैनिक स्रोतले जानकारी दिएको छ ।अहिले विष्टको शव अल्फासेरस्थित युएन अस्पालमा राखिएको छ । खार्तुममा पोष्टमार्टम गरेपछि उनको शव नेपाल पठाउने तयारी छ ।

आवश्यक प्रक्रियापछि प्रमुख सेनानी विष्टको शव संयुक्त राष्ट्रसंघले युएनको एयर एम्बुलेन्समार्फत नेपाल पठाउने तयारी गरेको बुझिएको छ । तर, कोरोनाको महामहारीको कारण उनको शव ल्याउने प्रक्रिया केही दिन ढिला हुने बताइएको छ ।

सेनानी विष्टका एक छोरा र एक छोरी छन् । उनले मिसनमा जानुपुर्व छोराको पासनी र छोरीको गुन्युचोली गरेको पारिवारीक स्रोतले जानकारी दिएको छ ।