२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको आशंकामा बीर अस्पतालमा भर्ना भएकी युवतीको मृत्यु



अ+ अ-

काठमाडौं । कोरोना संक्रमणको आशंकामा भर्ना भएकी एक युवतीको मृत्यु भएको छ । सोमबार बिहान बेहोस अवस्थामा बीर अस्पताल ल्याइएको युवतीको दिउसो निधन भएको हो ।

अस्पतालका निर्देशक डा.केदार सेञ्चुरीका अनुसार चन्द्रागिरी नगरपालिका वडा नं १५ कि ती युबती भारत बाट यसै साता मात्र नेपाल फर्किएकी हुन् ।

बीर अस्पताल आउदा उच्च ज्वरो ,स्वास फेर्न पनि गाहो भइरहेको थियो’ निर्देशक सेञ्चुरीले भने, ‘ हामीले कोरोनाको शंका गरेर उनको नमुना टेकु ल्याबमा पठाएका छौ । यहाँ उनलाई इमर्जेन्सीमा भर्ना गरिएको थियो ।’