काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई कोरोनाको संक्रमण पुष्टि भएको छ । सोमबार प्रधानमन्त्री नेतन्याहुले आफूमा पनि कोरोनाको संक्रमण पुष्टि जानकारी दिएका हुन् ।
उनले यतिबेला आफु एकान्तबासमा बसिसकेको बताएका हुन् । प्रधानमन्त्री कार्यालयका केही अधिकारीलाई पनि कोरोनाको संक्रमण भएको बताएका छन्।
हालसम्म इजरायलमा ४ हजार ३४७ कोरोनाले बिरामी परेका छन्। त्यहाँ १६ जनाको मृत्यु भइसकेको छ। सीएनएन