८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह

आजका तीन अभिव्यक्ति : जसले चुनाव गर्न होइन, विथोल्न सघाउँछ

आजका तीन अभिव्यक्ति : जसले चुनाव गर्न होइन, विथोल्न सघाउँछ
अ+ अ-

काठमाडौँ : आज तिहारको पहिलो दिन अर्थात् यमपञ्चक सुरु भएको दिन । चाडपर्वसँगै राजनीतिक गतिविधि पनि ह्वात्त बढेको देखियो ।

आज राजधानीमा जेनजी अभियानको एक समूहले नयाँ दल दर्ता गर्ने जानकारी पत्रकार सम्मेलन गरेर दिएको छ भने नेकपा एमाले र माओवादी केन्द्रले पनि आफ्ना राजनीतिक अभियानलाई निरन्तरता दिएका छन् ।

त्यसैले चर्चा जेनजीको नयाँ दलको मात्र नभएर नेकपा एमालेका अध्यक्ष केपी ओली र संयोजक भनिएका माओवादी केन्द्रका प्रमुख पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिको पनि उत्तिकै छ ।

ती दुई नेताका सरकार र चुनाव केन्द्रित विचारहरुले आजका मिडियामा चर्चा पाएका देखिएको छ ।

मिडिायामा आएका विचारहरुका आधारमा विश्लेषण गर्ने हो भने यसले निर्वाचन गराउन होइन कि निर्वाचनलाई थप अनिश्चित बनाउन अर्थात् चुनाव हुन नदिन थप सहयोग गर्दछ ।

एमाले अध्यक्ष ओलीले यो सरकारले कुनै पनि हालतमा चुनाव गर्न नसक्ने बताए । उनले देशलाई संवैधानिक रिक्तताबाट जोगाउन संसद् पुनस्र्थापनाको विकल्प नभएको पनि बताएका छन् ।

एमालेको भेटघाट तथा चियापान कार्यक्रमलाई शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै उनले असंवैधानिक तवरले बनेको सरकारले गर्ने निर्वाचन पनि संवैधानिक नभएको बताए ।

फागुन २१ गते निर्वाचनको मिति तोक्ने तर राजनीतिक दलहरूसँग संवाद नगर्ने, निषेध गर्ने, दमन गर्ने अनि चुनाव गर्न खोज्ने भन्दै ओलीले यो सरकारले कस्तो र कसका लागि चुनाव गर्न खोजेको हो भनेर प्रश्न पनि गरे ।

उनले वर्तमान सरकारलाई संविधानले नै नचिन्ने भन्दै अहिले क्रान्ति नभई प्रतिक्रान्ति भएको बताए । उनको आजैको यो भनाईको प्रतिवाद गर्दै माओवादी अध्यक्ष प्रचण्डले ओलीलाई प्रतिनिधिसभा पुनस्र्थापनाको माग राख्ने अधिकार नरहेको बताए ।

उनले ओलीले पहिले पनि आफै प्रधानमन्त्री भएका बेला पटक पटक संसद विघटन गरेकाले अहिले आएर संसद पुनस्र्थापनाको माग गर्नु जायज नभएको बताएका हुन् । प्रचण्डको यही अभिव्यक्तिले चुनाव रोक्ने काम त गर्दैन तर विघटित संसदका दोस्रो र तेस्रो ठूलो दलका प्रमुखको यो दन्तबझानले चुनावी बाटो सुनिश्चित गर्न भने पक्कै पनि सघाउँदैन ।

यी दुईमध्ये कुनै एकमात्र चुनावमा नजाने हो भने पनि त्यो चुनाव सम्भव हुँदैन । जाने वातावरण निर्माण गर्नका लागि समन्वय गरिदिने कोही छैन । त्यस्तो वातावरण बनाउने सरकारले हो, तर पनि सरकार प्रमुख राजनीतिक दलहरुसँग बस्ने र वार्ता गर्ने मनिस्थितिमा छैन ।

जेनजीका प्रतिनिधि भनिएका एक युवा मिराज ढुंगानाले भने राजनीतिक पार्टी खोलेर चुनावमा जाने जानकारी गराए । तर पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेण्डामार्फत मात्र चुनावमा जाने उनले बताए । त्यसका लागि अहिलेको सरकार तयार भए आफ्नो दल पनि आगामी निर्वाचन भाग लिने उनको भनाई थियो । नभए चुनावमा नजाने पनि उनले बताए ।

उनको अर्काे तर्क के थियो भने यो अन्तरिम सरकारको एजेण्डा चुनाव मात्रै गराउने होइन । त्यसो भए के त ? उनको आसय थियो— वर्तमान सरकारले पनि सरकारले गर्नुपर्ने काम सबै गर्नुपर्छ । चुनाव मात्र गराउने आफ्नो एजेण्डा हो भनेर हात खुम्चाएर बस्ने होइन ।

उनले भने— चुनाव गराउनु मात्रै अहिलेको सरकारको म्याण्डेट होइन । यतिका मान्छेहरूले वलिदान गरेर अरू थुप्रै म्याण्डेटहरू सरकारलाई दिएको हो । त्यसबारेमा प्रधानमन्त्रीले बुझ्नुपर्छ ।

ती म्याण्डेट के हुन् र सरकारले के र कहिलेसम्म गर्नुपर्ने हो भन्ने बारेमा उनले खुलाउन सकेनन् । साथै उनले यो सरकारले अरु पनि सबै गर्नुपर्छ भन्नाले के विषयलाई इंगित गर्न खोजेका हुन् भन्ने पनि स्पष्ट हुन सकेन ।

त्यसैले आजका यी अभिव्यक्तिहरु हेर्दा देशमा निर्वाध रुपमा चुनाव सम्पन्न होला र राजनीतिक दलसहित सबैजना निर्वाचनमा जालान् तथा सरकारले पनि निर्वाचनलाई नै पहिलो प्राथमिकतामा राखेर सम्पन्न गर्न सक्ला भन्नेमा विश्वास गर्न सकिने विश्वस्त आधारहरु भेटिँदैनन् ।