२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वविद्यालयले अनुसन्धानमा ध्यान दिनुपर्छः मुख्यमन्त्री कार्की



अ+ अ-

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मनमोहन विश्वविद्यालयले मुलुकको समृद्धिलाई ध्यान दिई अनुसन्धान कार्यक्रमतर्फ जोड दिनुपर्ने बताउनुभएको छ ।

मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विश्वविद्यालयको पाँचौँ सभाको आज उद्घाटन गर्दै उहाँले शैक्षिक र उत्पादनमुलुक अनुसन्धान कार्यक्रमले मुलुकको समग्र विकास हुने भएकाले यसतर्फ विशेष ध्यान जानुपर्ने विचार राख्नुभयो ।

मुख्यमन्त्री कार्कीले विश्वविद्यालयको स्वास्थ्यसम्बन्धी शैक्षिक कार्यक्रमलाई प्रदेश सरकारअन्तर्गतको धनकुटा अस्पतालमा केन्द्रित  गर्न आग्रह गर्नुभयो । उहाँले आगामी दिनमा विश्वविद्यालयलाई स्वायत्त संस्थाका रुपमा राखी थप बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसँगको सहकार्यमा केही समयपछि ‘कोशी मोबाइल अस्पताल’ तराईका तीन जिल्ला सञ्चालन गर्ने र क्रमशः प्रदेशका अन्य जिल्लामा विस्तार गर्दै जाने जानकारी गराउनुभयो । उहाँले मुलुकमा सुशासन र भ्रष्टाचार नियन्त्रण हुनुपर्छ भन्दै नेपाली झण्डा ओढेर सरकारी, निजी सम्पत्ति नष्ट गर्ने कार्य गलत भएको विचार राख्नुभयो ।

मुख्यमन्त्री कार्कीले पहाडी क्षेत्रबाट तराईमा बसोबास सर्ने कार्यको नियन्त्रणका लागि सरकारले स्वास्थ्य, शिक्षा र पर्यटकीय क्षेत्रको विकासमा विशेष ध्यान दिने बताउनुभयो ।

विश्वविद्यालयका उपकुलपति डा सुषाश्री पोखरेलले विश्वविद्यालयले विभिन्न आयुर्वेदिक औषधि उत्पादनका लागि अनुसन्धान सुरु गरेको जानकारी गराउनुभयो । रासस