२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिहार नजिकिएसँगै राजधानीका बत्ती व्यवसायीहरू उत्साहित



अ+ अ-

काठमाडौँ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै राजधानीका बत्ती व्यवसायीहरूले व्यापार वृद्धिमा आशा जगाएका छन् ।

तिहार नजिकिएसँगै नेपालको राजधानी काठमाडौंमा झिलिमिली बत्तीहरूको व्यापार तातिएको छ । यो चाडलाई उज्यालोको पर्व पनि भनिन्छ । जसमा घरआँगन उज्यालो पार्नका लागि विभिन्न प्रकारका विद्युतीय बत्तीहरूको माग बढ्छ । विशेष गरी लक्ष्मी पूजाको दिन घर झिलिमिली बनाउने प्रचलनले गर्दा बत्ती व्यवसायीहरूले यो मौसमलाई सुनौलो अवसर ठानेका छन् । उनीहरू यो वर्ष पनि राम्रो आम्दानी हुनेमा आशावादी छन् ।

उज्यालो र समृद्धिको प्रतिक तिहारमा रंगीचंगी बत्ति तथा सजावट सामग्रीको माग चुलिने भएकाले व्यवसायीहरू झिलिमिली बत्तीमा लगानी गर्न र व्यापार गर्न व्यस्त भएका हुन् । तिहारका पाँच दिनमा घर, कार्यालय, मन्दिर र सार्वजनिक स्थलहरू बत्तीले झलमल्ल पार्ने परम्पराले बत्तीको माग उच्च हुन्छ ।

नकारात्मक शक्ति टाढा राख्ने विश्वासमा बालिने यी बत्तीहरूको सांस्कृतिक तथा धार्मिक महत्व छ । यस वर्ष विशेषगरी ऊर्जा वचत गर्ने एलईडी र सोलार बत्तीको माग बढेको व्यापारीहरुको भनाइ छ । नयाँ व्यवसायी ज्याकिर हुसेनकाअनुसार दैनिक १५ सयदेखि २० हजार रुपैयाँको व्यापार भइरहेको छ ।

‘यो वर्ष पहिलो पटक बत्ती व्यवसाय शुरु गरेको हुँ । बजार मागअनुसार राम्रो आम्दानी भए अर्को वर्ष फूलमाला र अन्य सजावट विस्तार गर्छु ।’ उहाँले भन्नुभयो ।

लामो समयदेखि व्यवसाय सञ्चालन गर्दै आउनुभएकी सरिता सोनीले गत वर्ष तिहारमा १ देखि २ लाख रुपैयाँको कारोबार गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘यो वर्ष अझ बढ्ने आशा छ । १ सय ५० देखि ३ हजार रुपैयाँसम्मका बत्ती राखेका छौं । जसले मध्यम वर्गका ग्राहकलाई लक्षित गर्छ ।’

तिहारले सयौं अस्थायी रोजगारी सिर्जना गर्दछ । सिजनल कामदार, ट्रान्सपोर्टर र स्टोर कर्मचारीहरूले थप आम्दानीको अवसर पाउँछन् । बजारमा माइनबत्ती, विद्युतीय र वातावरणमैत्री बत्तीको मागले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाएको छ । व्यवसायीहरूकाअनुसार तिहारपछि पनि पर्यटकीय सिजनमा बत्तिको माग कायम रहने भएकाले सकारात्मक संकेत छ ।