१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तान र पाकिस्तानबीचको युद्धविराम अवधि शुक्रबार समाप्त



अ+ अ-

काबुल। अफगानिस्तान र पाकिस्तानबीचको ४८ घण्टे लामो युद्धविराम शुक्रबार साँझ समाप्त भएको छ। अफगानिस्तानको राजधानी काबुलमा पनि झडप सुरु भएयता दुवै पक्षका दर्जनौँ सैनिक र सर्वसाधारणको मृत्यु भइसकेको छ ।

बुधबार घोषणा गरिएको युद्धविरामको अवधि स्थानीय समय अनुसार शुक्रबार साँझ छ बजे देखि सकिएको छ। अधिकारीहरूले युद्धविराम सकिएपछि के हुन्छ भन्नेबारे केही बताएका छैनन् ।

युद्धविराम कायम रहेको देखिएको शुक्रबार बिहानै सीमा नजिकैका बासिन्दाहरूले बताएका थिए। “सबै कुरा ठीक छ,” अफगानिस्तानको सीमावर्ती शहर स्पिन बोल्दाकका बासिन्दा ३५ वर्षीय नानीले भन्नुभयो ।

उहाँले भन्नुभयो, “म डराउँदिनँ, तर सबैले परिस्थितिलाई फरक तरिकाले हेर्छन्। केहीले द्वन्द्वको सम्भावना कायमै रहेको भन्दै आफ्ना बच्चाहरूलाई अन्यत्र पठाउने बताएका देखिन्छ ।”

नानीले भन्नुभयो, “मेरो विचारमा अहिले स्थिति राम्रो छैन, तर केही अप्रिय घटना भइहाल्ने सम्भावना पनि छैन।” आफ्नो तर्फबाट युद्धविराम सहमतिलाई उल्लङ्घन नगरिने अफगानिस्तानले युद्धविरामको ४८ घण्टाको सीमा रहेको पुष्टि नगरिकन बुधबार भनेको थियो।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले बिहीबार युद्धविरामका लागि बल तालिवान सरकारको कोर्टमा रहेको बताउनुभएको छ। “यदि ४८ घण्टाभित्र उनीहरू समस्याहरू समाधान गर्न चाहन्छन् र हाम्रा जायज मागहरू सम्बोधन गर्न चाहन्छन् भने हामी त्यसका लागि तयार छौँ,” शरीफले आफ्नो मन्त्री परिषद् बैठकमा बताउनुभएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानको विदेश मन्त्रालयले स्थितिलाई ‘कमजोर’ भनेको छ । “हामी अस्थायी युद्धविराममा छौँ, हामी यसलाई दिगो बनाउन र सम्बन्धको दीर्घकालीन स्थिरताका लागि कूटनीतिक रूपमा काम गर्ने प्रयास गरिरहेका छौँ, यो हाम्रो लागि ठूलो उद्देश्य हो,” प्रवक्ता सफकत अली खानले शुक्रबार साप्ताहिक रूपमा हुने पत्रकार सम्मेलनमा भन्नुभयो।

उहाँले भन्नुभयो, “तर योभन्दा बाहिर, म तपाईंसँग कुनै पनि जानकारी साझा गर्न सक्ने स्थितिमा छैन।”(रासस/एएफपी