२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व प्रधानमन्त्री भट्टराईले किन भने परराष्ट्रमन्त्रीलाई हुतिहारा ?



अ+ अ-

काठमाडौं । पूर्व प्रधानमन्त्री बावुराम भट्टराईले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई हुतिहाराको संज्ञा दिएका छन् । भट्टराईले बुधवार एक ट्वीट गर्दै परराष्ट्रमन्त्री ज्ञवालीको कुरा सुनेर आफुलाई लज्जित बनाएको बताएका छन् ।

परराष्ट्रमन्त्री ज्ञावालीले एक टेलिभिजन कार्यक्रममा स्वादेश फर्किन लागेका आफ्ना नागरिकलाई भारतसंग गुहारेर सिमापारी नै राख्ने बताएका थिए । उक्त भनाइलाई भट्टराईले यस्तो कुराले हुतिहर कुरा गर्न एउटा सार्वभौम राज्यले मिल्छ भन्दै प्रश्न चिन्ह खडा गरेका हुन ।

भट्टराईले सिमापारी अलपत्र परेका नेपालीहरुलाई सिमावार ल्याएर क्वारेन्टाइनमा राख्नु पर्ने माग गर्दै राष्ट्रवादको धोती कता भन्दै ब्यग्य गरेका छन् ।