२४ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिपेन्द्र र आसिफको अर्धशतकमा नेपालले सामोआलाई दियो २१२ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । ओमानमा जारी आइसीसी पुरुष टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोटको उपाधिका लागि नेपालले सामोआसँग प्रतिस्पर्धा गरिरहेको छ ।

ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले सामोआलाई २१२ रनको लक्ष्य दिएको छ ।

नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २११ रन जोड्यो । आसिफ शेख र दिपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेले । आसिफले ४१ बलमा ६९ रन जोडे । उनको यो टी–२० आई करिअरमै सबैभन्दा धेरै रन हो । उनले सात चौका र ४ छक्का प्रहार गरे ।

यस्तै, दिपेन्द्रले ३३ बलमा ५३ रन जोडे । उनले दुई चौका र चार छक्का प्रहार गरे । यस्तै, लोकेश बमले बिष्फोटक ब्याटिङ गरे । उनी ३९ रनमा अविजित रहे । मात्र १२ बल खेलेका उनले चार छक्का र दुई चौका प्रहार गरे । यस्तै, रोहित पौडेल २१ रनमा अविजित रहँदा कुशल भुर्तेलले १७ रनको योगदान दिए ।

बलिङतर्फ सामोआका ड्यानियल ब्रुगेश, सौमानी तिआई, दारिअस विसर र नोहा मिदले एक–एक विकेट लिए ।