२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणबाट हलिउड अभिनेता ज्याकको मृत्यु



अ+ अ-

काठमाडौं । प्रसिद्द हलिउड अभिनेता एन्ड्रयु ज्याकको कोरोना संक्रमणबाट निधन भएको छ । मंगलबार एक अस्पतालमा निधन भएका ज्याकलाई २ दिनअघि मात्र कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।

७६ वर्षीय ज्याकले स्टार वार र ब्याटम्यान बेगिन्सजस्ता हलिउड फिल्महरुमा काम गरेका थिए । उनको कोरोना संक्रमणबाट मृत्यु भएको उनका सहयोगी जिन म्याको कुलेजले जानकारी दिएका छन् ।

पछिल्लो समय उनी स्वतन्त्र जीवन बिताइरहेका थिए । उनकी पत्नी गेब्रियल रोजर्स पनि अष्ट्रेलियामा क्वारेन्टाइनमा रहेकी छिन् । पतिको निधनमा समेत उनी उपस्थित हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।