२८ भाद्र २०८३, आईतवार
,
Latest
कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमानामा अलपत्र नेपालीलाई उद्धार गरेर तत्काल विशेष क्वारेन्टाइनमा राखौं : प्रवक्ता श्रेष्ठ



अ+ अ-

काठमाडौं । सरकारले सीमानामा नेपाली अलपत्र पारिएकोमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका छन् । प्रवक्ता श्रेष्ठले बिहीबार बिहान ट्विट गर्दै देशभित्र आइसकेकालाई सिमानामै खुला आकाशमुनि राख्न नहुने बताएका हुन् ।

नेपालभित्र प्रवेश गरिसकेका नेपालीहरुलाई सिमानामा अलपत्ररुपमा खुला बारीमा राखिएको खबर सत्य हो भने ज्यादै अमानवीय, गैरजिम्मेवार र दुखःद भएको श्रेष्ठको भनाइ छ । ‘उनीहरुलाई क्वारेन्टाइनमा राख्न कसैको आदेश चाहिँदैन । तत्काल बिषेश क्वारेन्टाइनमा राखौं,’ श्रेष्ठले ट्विटरमा लेखेका छन्, ‘विदेशमा रहेका लाखौंलाख नेपालीहरुलाई सरकारले अहिलेको सन्दर्भमा देशभित्र ल्याउन व्यवहारिकरुपमा सम्भव नहुने भन्नुको अर्थ देशभित्र आइसकेकालाई सिमानामै खुला आकाशमुनि राखिराख्नु हुनै सक्दैन।’

सुन्नै नसकिने यो कुरा संघीय सरकारको नीति हो भनेर कसले भनेको वा ब्यख्या गरेको भन्दै उनले प्रश्न गरेका छन् ।