२१ मंसिर २०८२, आईतवार
,
Latest
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री सुशीला कार्कीले आज कूटनीतिक निकाय र राजदूतसँग छलफल गर्ने



अ+ अ-

काठमाडौं । विभिन्न ११ देशबाट नेपालका राजदूत फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री सुशीला कार्कीले आज कूटनीतिक निकायहरूसँग छलफल गर्ने भएकी छन् ।

प्रधानमन्त्री कार्कीले सिंहदरबारस्थित आफ्नै कार्यालयमा कूटनीतिक निकायहरुसँग छलफल गर्न दिउँसो २ बजे बोलाएकी छन् ।

नेपालको वर्तमान अवस्थाबारे ‘ब्रिफिङ’ गर्न उनले कूटनीतिक निकायका प्रमुख एवं प्रतिनिधिहरूको बैठक बोलाएकी हुन् ।

बैठकमा नेपालस्थित सबै कूटनीतिक निकायका प्रमुखहरू एवं नेपालस्थित विदेशी राजदूतहरूलाई बोलाइएको छ ।

बैठकमा नेपालको समसामयिक अवस्थाका साथै अन्तरिक सरकारले २१ फागुनमा तोकेको प्रतिनिधि सभा निर्वाचनलगायतका बारेमा छलफल, परामर्श र ब्रिफिङ हुनेछ ।

प्रधानमन्त्री नियुक्त भइसकेपछि प्रधानमन्त्री कार्कीले यसप्रकारको बैठक पहिलो पटक बोलाएकी हुन् ।