२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलाडीको स्वास्थ्य उपचारका लागि राखेप र न्याम्सबीच सहकार्य



अ+ अ-

काठमाडौँ । नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट स्वास्थ्य सेवा र उपचारमा विशेष छुट पाउने पाउने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बीच खेलाडी र प्रशिक्षकलाई विशेष सेवा प्रदान गर्ने उद्देश्यले सहकार्य भएको छ । राखेपमा बिहीवार एक कार्यक्रमकाबीच राखेप र प्रतिष्ठानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षकहरूलाई आवश्यकताअनुरूप विशेष सेवा दिन सम्झौता गरेका छन् । राखेपका सदस्यसचिव टंकलाल घिसिङ र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका उपकुलपति प्रा. डा. भूपेन्द्रकुमार बस्नेतबीच उक्त सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । खेलाडी र प्रशिक्षकको सहजताका लागि सम्पर्क अधिकृत तोकेर यो सुविधा दिन लागिएको छ । यो सम्झौता पाँच वर्षको हुने र पछि नवीकरण हुने सक्नेगरी अगाडि बढाइएको छ ।

नेपाली खेलकुद विकासमा थप टेवा पुग्नेगरी कुल ११ वटा शर्तहरूसहित सहकार्य भएको राखेप र न्याम्सले जनाएका छन् । वीर अस्पतालले खेलकुदमा नै काम गर्ने प्राविधिकसँगै कर्मचारीलाई पनि यो सुविधा उपलब्ध गराउनेछ । उनीहरूले विशेष ग्राह्यताका साथ दक्ष चिकित्सकको निगरानीमा स्वास्थ्य सेवा पाउने भएका छन् । खेलाडीहरूले उपचारका क्रममा प्रयोगशालाबाट दिने सुविधामा विभिन्न चरणमा सहुलियत पाउनेछन् । ल्याब टेस्ट, ओपिडी, एक्सरे, भिडियो एक्सरे, अपरेसन, एमआरआई, सिटी स्क्यान र विराम भर्नालगायत सबै प्रकारका सेवाहरूमा अस्पतालको मूल्य सूचीबाट खेलाडीहरूले छुटसमेत प्राप्त गर्नेछन् । अस्पतालका सबैखाले सेवामा ओलम्पियनले सबैभन्दा धेरै ८० प्रतिशत छुट पाउनेछन् ।

त्यस्तै एसियाली र दक्षिण एसियाली खेलकुदमा पदक प्राप्त गर्ने तथा राष्ट्रिय टिमका खेलाडीले ६० प्रतिशत, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले ५० प्रतिशत र राखेपका कर्मचारीले ४० प्रतिशत छुट पाउने उल्लेख गरिएको छ । राखेपको सम्पर्क अधिकृतले प्रमाणिकरण गरेपछि मात्र प्रतिष्ठानले खेलाडी, प्रशिक्षक र कर्मचारीलाई उक्त विशेष सेवा दिनेछन् । छुट बाहेकको रकम भने राखेपले नै व्यहोर्ने सम्झौतामा उल्लेख छ । बिल भरपाईका लागि बढीमा एक महिनाको समय अवधि तोकिएको छ । उपचारका साथै राखेपले आयोजना गर्ने खेलकुदका प्रतियोगितामा स्वास्थ्य सम्बन्धि शैक्षिक जनचेतना, प्राथमिक उपचार, एन्टी डोपिङ, फिजियो थेरापी र पोषणा सम्बन्धि विभिन्न कार्यक्रम चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले दिने सहमति भएको छ ।

यो सहकार्यलाई बलियो बनाउने राखेप र प्रतिष्ठानले एक सम्पर्क अधिकृत नै तोक्ने भएका छन् । उक्त कार्यक्रममा राखेपका सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुद विकासमा लागेका व्यक्तित्वहरूलाई यो सहकार्यले ठूलो प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरेका छन् । घिसिङले अन्तरसरकारबीच निकाय बिचको सहकार्य त्यति मजबुत नभएको अवस्थामा राखेप र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नयाँ र सुखद सन्देश दिने उद्देश्यले यो सहकार्य गरिएको बताएका छन् । नेपालमा यी दुई संस्थाको अस्तित्व भइरहँदा सम्म सहकार्य होस् भन्ने आफ्नो चाहना रहेको उनले आशा व्यक्त गरेका छन् ।

राखेपले सञ्चानल गरेको मिसन–२६ लगायत राष्ट्रिय टिमको प्रशिक्षणमा पनि विशेष प्रोत्साहन पुगोस् भन्ने उद्देश्यले नेपालको स्वास्थ्य क्षेत्रको सबैभन्दा जेठो अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानसँग सहकार्य गरिएको घिसिङको भनाइ छ । राखेपले राष्ट्रिय टिमका खेलाडी र प्रतियोगिताका क्रममा घाइते भएका खेलाडीलाई बिमासँगै उपचारमा केही खर्च गर्दै आए पनि यो सहकार्यले उनीहरूलाई ढुक्कसँग प्रशिक्षण गर्ने वातावरण मिल्ने उनको विश्वास छ । यो सम्झौता खेलकुदको वृहत्तर पक्षलाई समेटेको उनले बताएका छन् । फास्ट ट्य्राकमा खेलाडीले उपचार पाउन भन्ने उद्देश्यले फोकल पर्सन पनि राखिएको उनको भनाइ छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका उपकुलपति प्रा. डा. भूपेन्द्रकुमार बस्नेतले देशको पहिचान गराउने खेल र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले यो सहकार्य गरिएको बताएका छन् । उनले स्वस्थ्य रहन खेलकुद नै सबैभन्दा बलियो माध्यम रहेको उल्लेख गरेका छन् । उपकुलपति प्रा. डा. भूपेन्द्रकुमारले यो शुरुवात मात्र भएको र आगामी दिनमा यो सहकार्य बढाउँदै लैजाने आशा व्यक्त गरेका छन् ।

उक्त कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामचरित मेहता, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका निर्देशक डा. दिलिप शर्मा, रस्टिचार डा. ज्ञानेन्द्रविक्रम शाह र राष्ट्रिय टिम तयारी समितिका निर्देशक दीपक बिष्टलगायतको उपस्थिति थियो । सो अवसरमा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका निर्देशक डा. शर्माले सकेसम्म खेलाडीलाई सहज तरिकाले सेवा पाउने उद्देश्यले सम्पर्क अधिकृत राखिएको बताएका छन् । आगामी दिनमा खेलाडीको सुविधाका लागि सेवा विस्तार गर्दै लैजान सकिने डा. शर्माको भनाइ छ ।




भर्खरै