२४ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुर्तेलको दमदार ब्याटिङमा नेपालले ओमानलाई दियो १५२ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । आइसिसी ट्वान्टी–२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत घरेलु टोलि ओमानलाई १५२ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ थालेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १५१ रन जोड्यो । नेपालका लागि कुशल भुर्तेलले अर्धशतकीय पारी खेले । उनले ६९ रनको योगदान दिए । ५१ बल खेलेका उनले सात चौका र एक छक्का प्रहार गरे ।

यस्तै, आसिफ शेखले २४, गुलशन झाले १८, आदिल अन्सारीले १६ रन जोडे ।

बलिङ तर्फ ओमानका नदिम खानले चार तथा सुफ्यान मेहमुद र जितेनकुमार रमानन्दीदे दुई–दुई विकेट लिए । दुवै टोलिले टी–२० विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन् ।