२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै गाडी पठाएर मन्त्री मानन्धरले गरे अलपत्र बिरामीको उद्दार



अ+ अ-

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सवारी साधनको अभावमा अलपत्र परेका एक बिरामीलाई आफ्नै गाडी पठाएर उद्दार गरेका छन् ।

बिहिबार साँझ साँढे पाँच बजे बालाजुमा एक जना बिरामी अलपत्र परेको खबर आएपछि मन्त्री मानन्धरले आफ्नै गाडी पठाएर उद्दार गराएका हुन् । ज्वरो र झाडापखाला लागेर उपचार गर्न बालाजु आएका जिपपुर रामघाटका ६६ वर्षिय नवराज घिमिरेको उद्दार गरी घरसम्म लगिएको हो । बिरामी घिमिरेका आफन्तले अलपत्र अवस्थामा मन्त्रीलाई टेलिफोन गरेर जानकारी गराएका थिए । लगत्तै मन्त्री मानन्धरले आफ्नो सचिवालयका जयप्रकाश श्रेष्ठलाई उद्दारका लागि पठाएर घरसम्म पुर्याउने ब्यवस्था मिलाईदएिका थिए । लगातार झडापाला लागेपछि घिमिरे आफन्तको सहयोगमा बिहान उपचारका लागि बालाजु पुगेका थिए ।

मन्त्रीले गाडी नै पठाएर उद्दार गरेपछि बिरामी घिमिरेले सरकारले जनताको रक्षाका लागि गरेको कामबाट निकै खुसी लागेको बताए। लकडाउनका बेला बिरामी, असक्त र कमजोर आर्थिक अवस्थाका नागरिकका लागि सरकारले उद्दार र राहतको कामलाई तिब्रता दिएको मन्त्री मानन्धरले बताए । काठमाडौंमा समस्यामा परेका सर्वसाधारणको सहयोगका लागि आफु निरन्तर लागिरहेको बताउँदै मन्त्री मानन्धरले नेपाल सरकार जनताको सुख दुखमा सँगै रहेको बताए । यस अघि पनि मन्त्री मानन्धरको सचिवालयले काठमाडौंका विभिन्न स्थानमा समस्यामा परेका सर्वसाधारणलाई सहजिकरण गरिरहेको छ ।

स्वकिय सचिव श्रेष्ठका अनुसार काठमाडौंका विभिन्न स्थानमा एकल बृद्धबृद्धा, बिरामी र आर्थिक अवस्था कमजोर भएका सर्वसाधारणका लागि अत्यावश्यकिय औषधि, खाद्यान्न, ग्याँस लगायतका वस्तुहरु आपुर्तिमा सचिवालयले सहजीकरण गरिरहेको छ । समस्यामा परेका सयौं सर्वसाधारणलाई आवश्यक सहजिकरण गरिएको श्रेष्ठले जानकारी दिए ।

मन्त्री मानन्धरले विपद्का बेला जनताको आशा र भरोशा जनप्रतिनिधिसँग हुने भन्दै आफ्नो मोबाईल नम्वर सार्वजनिक गरेका थिए ।